२०८३ भाद्र १२ गते, शुक्रबार १२:४३

त्रिशूली–३ ‘ए’को सुरुङमा फसेका ३५ जना अझै उद्धारको पर्खाइमा

काठमाडौं –

रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण क्षतिग्रस्त त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका ३५ जनाको अझै उद्धार हुन सकेको छैन।

हाइड्रो इन्जिनियरसहित ३५ जनाको टोली सुरुङभित्र फसेपछि उनीहरूका आफन्त उद्धारको प्रतीक्षामा छन्। सुरुङको प्रवेशद्वार बाढी र पहिरोका कारण पुरिएपछि उनीहरू बाहिर निस्कन नसकेको बताइएको छ।

सुरुङभित्र अक्सिजनको अभाव हुन सक्ने भएकाले फसेका कर्मचारीको जोखिम बढ्दै गएको छ। उद्धारका लागि आवश्यक प्रयास भइरहेको भए पनि अवरुद्ध प्रवेशद्वारका कारण उद्धार कार्यमा कठिनाइ भएको छ।

यसैबीच, माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका कर्मचारीलाई भने नेपाली सेनाको टोलीले उद्धार गरिसकेको छ।

त्रिशूली–३ ‘ए’को सुरुङमा फसेकाहरूको अवस्था र उद्धार प्रयासबारे थप विवरण आउन बाँकी छ। आफन्तहरूले भने जोखिममा रहेका कर्मचारीको तत्काल उद्धार गर्न माग गरेका छन्।

प्रतिक्रिया

विशेष

पोडकास्ट सुन्नुहोस