२०८३ कार्तिक ३० गते, सोमबार ८:४६

छठ घाटमा सभामुख अर्यालको विशेष पूजा : उखु र बतासा चढाएर लिए आशीर्वाद

वीरगन्ज –

सभामुख डोलप्रसाद अर्यालले छठ पर्वको मुख्य प्रसादका रूपमा उखु र बतासा चढाएर विधिपूर्वक पूजाआजा गर्नुभएको छ। वीरगन्जका घडिअर्वा, नगवा र इटियाही पोखरीस्थित छठ घाटको अवलोकन गर्ने क्रममा उहाँले व्रतालुहरूसँग भेटघाट गर्दै छठ माताको पूजा गर्नुभएको हो।

छठ घाटको स्थलगत निरीक्षण र पूजाआजापछि घडिअर्वा पोखरीमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सभामुख अर्यालले छठ पर्वको छुट्टै र विशिष्ट महत्त्व रहेको बताउनुभयो।

​विशेष गरी ३६ घण्टासम्म निराहार (निर्जल) बसी गरिने यो कठिन व्रतले मानिसमा एउटा विशेष आध्यात्मिक विश्वास र हौसला प्रदान गर्ने गरेको उहाँको भनाइ थियो। पूजा तथा अवलोकनका क्रममा उहाँले छठ पर्वले समाजमा सद्भाव र एकता कायम राख्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वाससमेत व्यक्त गर्नुभयो।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस