२०८३ श्रावण २७ गते, बुधबार १९:१४

वीरगंजमा गेटवे स्पा संचालनमा, अध्यक्ष पन्तले गरे उद्घाटन

पर्सा-
करिब १० लाखको लागतमा वीरगंजमा सुबिधा सम्पन्न स्पा सेन्टर संचालनमा आएको छ ।

घण्टादेखि लिंकरोडतर्फ जाने बाटोमा दक्षिणपट्टि एसियन लाइफ इन्स्योरेन्स नजिककै रहेको भवनको दोस्रो तल्लामा सुविधा सम्पन्न वीरगंज ‘गेटवे स्पा’ सञ्चालनमा आएको संचालक कुवेर कार्कीले जानकारी दिए ।

सोमबारदेखि संचालनमा आएको स्पालाई राष्ट्रिय स्वतन्त्र पार्टी पर्साका अध्यक्ष हरि पन्तले एक कार्यक्रमबिच उद्घाटन गरेका हुन । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी पन्तले ‘स्पा’ बारे समाजमा गतल धारणा रहेको बताएका थिए ।

‘स्पा’ पार्खीहरुको लागि सञ्चालनमा आएको ‘गेटवे स्पा’ले फरक स्वाद दिने सञ्चालकको दाबी छ । अन्य स्पा भन्दा सुविधा सम्पन्न तथा दक्ष प्रशिक्षकहरुबाट सेवा दिइने लक्ष्य लिइएको सञ्चालक कुबेर कार्की बताउँछन् ।

उनका अनुसार स्पामा सेवा दिने सबैजना काठमाडौंबाट तालिम प्राप्त व्यक्तिहरु रहेका छन् । यो स्पामा लामो समयसम्म काठमाडौंमा काम गरिसकेका अनुभवी कर्मचारीलाई ल्याइएको सञ्चालक कार्की बताउँछन् ।

उनका अनुसार सस्तो दरमा काठमाडौंको जस्तै वीरगन्जमा पनि स्पा पार्खीहरुले सेवा लिनेछन् । गेटवे स्पा सेन्टरमा मसाज गराउँदा एक घण्टाको दर ९ सय ९९ रुपैयाँ राखिएको छ ।

यो सुविधा एक पटकमा पाँचजनालाई सेवा दिइनेछ । ‘स्पा’ सेन्टरमा ५ वाट क्याबिन रहेको सञ्चालकहरु बताउँछन् । सबै क्याबिन एसीसहित अति सुविधा सम्पन्न रहेको संचालक कार्कीले जानकारी दिए ।

प्रतिक्रिया

६ महिनाको उपचारपछि भोलि स्वदेश फर्कँदै पूर्वप्रधानमन्त्री देउवा, बाजागाजासहित स्वागत गर्ने तयारी

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा करिब ६

सनातन हिन्दू मोर्चाद्वारा प्रधानमन्त्रीलाई दुई दर्जन बढी जिल्लाबाट ३७ बुँदे ज्ञापन-पत्र: हिन्दू राष्ट्र कायम गर्न र अन्तरधार्मिक विवाह रोक्न माग

वीरगन्ज– सनातन हिन्दू मोर्चाले नेपालको धार्मिक, सांस्कृतिक, सामाजिक तथा राष्ट्रिय

पोडकास्ट सुन्नुहोस