२०८३ बैशाख २ गते, बुधबार ०६:११

पर्सामा कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी तीन वर्षपछि पक्राउ

वीरगंज, पर्सा –

पर्साको पोखरिया नगरपालिकामा कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी तीन वर्षपछि पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय पर्साले पोखरिया नगरपालिका–५ सतवरियाका ३६ वर्षीय सिकेन्द्र प्रसाद चौहानलाई २०८२ वैशाख २२ गते पक्राउ गरेको हो।

घटना २०७९ वैशाख ९ गते पोखरिया नगरपालिका–४ स्थित बाल उद्यान अंग्रेजी बोर्डिङ स्कूलको प्राङ्गणमा भएको थियो। पोखरिया–६ श्रीसियाका शंकर प्रसाद महतो चाईका छोरा धर्मेन्द्र प्रसाद चौहानको २०७६ वैशाख ४ गते सतवरियाकी निषा कुमारी चौहानसँग विवाह भएको थियो। विवाहपछि बेहुली बिदाइको विषयलाई लिएर दुवै पक्षका आफन्तबीच मनमुटाव हुँदा २०७९ वैशाख ९ गते दिउँसो २ बजे झै–झगडा भएको थियो।

उक्त झडपमा धर्मेन्द्रका बुबा शंकर प्रसाद महतो चाई गम्भीर घाइते भएका थिए। उनको उपचारका क्रममा २०७९ असार ११ गते काठमाडौंको शहीद गंगालाल अस्पतालमा मृत्यु भएको थियो। पीडित पक्षको किटानी जाहेरीका आधारमा प्रहरीले आरोपितहरूको खोजी गरिरहेको थियो।

तीन वर्षदेखि फरार रहेका सिकेन्द्र प्रसाद चौहानलाई प्रहरीले सतवरियाबाट नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय पर्साले उनलाई ज्यान सम्बन्धी कसूरमा पर्सा जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रहरीका अनुसार यो घटनामा संलग्न अन्य व्यक्तिहरूमाथि पनि अनुसन्धान जारी छ। स्थानीयवासीले प्रहरीको यो कदमले न्याय प्रक्रियालाई अगाडि बढाउन सहयोग पुग्ने अपेक्षा गरेका छन्।

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

सम्बन्धित खबर

पोडकास्ट सुन्नुहोस