२०८२ फाल्गुन ४ गते, सोमबार ११:४३

भारत-पाकिस्तान तनाव: ‘अपरेसन सिन्दुर’ मा हवाइ आक्रमण, ८ को मृत्यु, सीमामा गोलाबारी

काठमाडौँ-

भारत र पाकिस्तानबीच तनाव चुलिएको छ । भारतले पाकिस्तानका विभिन्न स्थानमा हवाइ आक्रमण गरेको छ भने पाकिस्तानले जवाफी कारबाही गरेको दाबी गरेको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार भारतीय लडाकु विमानले पाकिस्तानको सीमाभित्र करिब १०० किलोमिटरसम्म पुगेर आतङ्कवादी अखडाहरूलाई निशाना बनाएका छन्। भारतले यो कारबाहीलाई ‘अपरेसन सिन्दुर’ नाम दिएको छ। यो आक्रमण गत महिना पहलगाममा भएको आतङ्कवादी हमलाको जवाफमा गरिएको भारतको दाबी छ, जसमा २६ जना पर्यटकको ज्यान गएको थियो। भारतले उक्त हमलामा पाकिस्तानको हात रहेको आरोप लगाउँदै आएको छ।

यसैबीच, पाकिस्तानी सञ्चारमाध्यम जिओ टेलिभिजनले भारतीय आक्रमणमा पञ्जाव र पाकिस्तान प्रशासित कस्मिर क्षेत्रमा कम्तीमा ८ जनाको मृत्यु भएको र ३५ जना घाइते भएको जनाएको छ। पाकिस्तानले भारतका पाँचवटा लडाकु विमान खसालेको दाबी गरेको छ, यद्यपि भारतले यो दाबीको खण्डन गरेको छ।

भारतले पाकिस्तान प्रशासित कस्मिरमा आतङ्कवादी लुकेका स्थानहरूमा लक्षित आक्रमण गरेको बताएको छ। साथै, सीमा क्षेत्रमा दुवै पक्षबीच भारी गोलाबारी भएको खबर छ।

यो घटनाले दक्षिण एसियामा तनाव थप बढाएको छ। अन्तर्राष्ट्रिय समुदायले दुवै देशलाई संयम अपनाउन र वार्तामार्फत समाधान खोज्न आग्रह गरेको छ।

महाशिवरात्रिमा बागेश्वर धाममा ३०० कन्याको सामूहिक विवाह सम्पन्न: १६८० छोरीका ‘धर्मपिता’ बने धीरेन्द्र शास्त्री

छतरपुर (मध्य प्रदेश) – महाशिवरात्रिको पावन अवसरमा भारतको मध्य प्रदेशस्थित

महाशिवरात्रिमा बागेश्वर धाममा ३०० कन्याको सामूहिक विवाह सम्पन्न: १६८० छोरीका ‘धर्मपिता’ बने धीरेन्द्र शास्त्री

छतरपुर (मध्य प्रदेश) – महाशिवरात्रिको पावन अवसरमा भारतको मध्य प्रदेशस्थित

पोडकास्ट सुन्नुहोस