२०८३ भाद्र २२ गते, सोमबार २१:४०

अहिले देखिएका सबै समस्यालाई सम्बोधन गर्नेगरी आमसञ्चार विधेयक ल्याइन्छः मन्त्री गुरुङ

काठमान्डौ-

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले अहिले देखिएका सबै समस्यालाई सम्बोधन गर्ने गरी आमसञ्चार विधेयक ल्याइने बताउनुभएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले राष्ट्रिय पत्रकारिता दिवस, २०८२ को अवसरमा बुधवार राष्ट्रपति भवन शीतल निवासमा आयोजना गरेको राष्ट्रिय पत्रकारिता पुरस्कार र वरिष्ठ पत्रकार सम्मान– २०८१ कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले आमसञ्चार विधेयक ड्राफ्टको क्रममा रहेको बताउँदै यसले सञ्चार क्षेत्रलाई व्यवस्थित र प्रभावकारी बनाउन लागिरहेको बताउनु भयो ।

उहाँले पछिल्लो समय प्रिन्ट र बोडकास्टिङ मिडिया भन्दा अनलाइन मिडियामा धेरै समस्या देखिएको बताउनु भयो । उहाँले सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको सामाजिक सञ्जाल ऐनलाई पेस गरिसकेको बताउनु भयो । यस्तै मिडिया काउन्सिल विधेयक पनि छलफलमा रहेको जिकिर गर्नुभयो । उहाँले खतरनाक तरिकाले फैलिएको साइबर क्राइमलाई नियन्त्रण र र नियमन गर्नको लागि साइबर सुरक्षा ऐन प्रश्ताव गर्न लागिएको समेत बताउनु भयो ।

प्रतिक्रिया

बाढीका मृतकप्रति वीरगन्जमा भावपूर्ण श्रद्धाञ्जली: घण्टाघर र माईस्थानमा हिन्दू स्वयंसेवक संघ, रास्वपा र नेवाः समुदायद्वारा दीप प्रज्वलन

वीरगन्ज– देशमा आएको विनाशकारी बाढी र प्राकृतिक विपद्का कारण अकालमा

बाढीका मृतकप्रति वीरगन्जमा भावपूर्ण श्रद्धाञ्जली: घण्टाघर र माईस्थानमा हिन्दू स्वयंसेवक संघ, रास्वपा र नेवाः समुदायद्वारा दीप प्रज्वलन

वीरगन्ज– देशमा आएको विनाशकारी बाढी र प्राकृतिक विपद्का कारण अकालमा

पोडकास्ट सुन्नुहोस