२०८३ बैशाख २ गते, बुधबार ०१:४७

पर्सामा पत्रकारको बुबामाथि आक्रमणको आरोपमा पूर्वअधिकृत र अर्का एकजना पक्राउ

पर्सा

पर्सा प्रहरीले पोखरिया नगरपालिकाका निवर्तमान अधिकृत अजय कुमार श्रीवास्तव र विन्दवासिनी गाउँपालिका, ईटियाही टोलका अजित कुमार चौरसियालाई बुधबार पक्राउ गरेको छ। पत्रकार रञ्जित चौरसियाका बुबा सुबाश प्रसाद चौरसियामाथि ज्यान मार्ने उद्देश्यले आक्रमण गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

सुबाश प्रसाद चौरसियाको जाहेरीका आधारमा नेपाल सरकार वादी रहेको ज्यान मार्ने उद्योग मुद्दामा यो कारबाही भएको हो। घटनाको पृष्ठभूमिमा पत्रकार रञ्जित चौरसियाले पोखरिया नगरपालिकाको भ्रष्टाचार र नेशनल एजुकेशनको अनियमितताविरुद्ध समाचार प्रकाशन गरेका थिए। ती समाचारको बदलामा श्रीवास्तवले रञ्जित र उनको अनलाइनविरुद्ध पर्सा जिल्ला अदालतमा गाली–बेइज्जतीको मुद्दा दायर गरेका थिए। साथै, श्रीवास्तव र अजित चौरसियालगायतले रञ्जितविरुद्ध विद्युतीय अपराधसम्बन्धी मुद्दा पनि दर्ता गराएका थिए।

प्रहरीका अनुसार, गाली–बेइज्जतीको मुद्दा अदालतमा विचाराधीन रहे पनि श्रीवास्तव र चौरसियाले तत्कालीन प्रहरी प्रमुखलाई प्रभावमा पारेर विद्युतीय अपराधको मुद्दा दर्ता गराएका थिए। यही विवादका बीच सुबाश प्रसाद चौरसियामाथि रानीघाट पुल नजिकै चारैतिरबाट घेरिएर कुटपिट र छुरा प्रहार भएको थियो। होहल्ला भएपछि स्थानीयको सहयोगमा उनलाई नारायणी अस्पताल भर्ना गरिएको थियो। उपचारपछि उनी घर फर्केका छन्।

सुबाशले तत्कालीन समयमा ज्यान मार्ने उद्योगको जाहेरी लिएर जिल्ला प्रहरी कार्यालय पुग्दा तत्कालीन प्रहरी प्रमुखले विपक्षीको प्रभावमा मुद्दा दर्ता नगरेको र उल्टै हप्काएर फर्काएको आरोप लगाएका छन्। पछि उनले अदालतको परमादेशमार्फत मुद्दा दर्ता गराएका थिए।

पक्राउ परेका श्रीवास्तव र चौरसियालाई पर्सा जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

सम्बन्धित खबर

पोडकास्ट सुन्नुहोस