२०८२ फाल्गुन ४ गते, सोमबार १०:२०

रोहित शर्माले टेस्ट क्रिकेटबाट सन्न्यासको घोषणा

काठमाडौं –

भारतीय क्रिकेट टोलीका कप्तान रोहित शर्माले टेस्ट क्रिकेटबाट सन्न्यासको घोषणा गरेका छन्। उनले १२ वर्षको टेस्ट करियरलाई विश्राम दिने निर्णय गरेका हुन्।

रोहित भारतका सफल टेस्ट ब्याटरमध्ये एक मानिन्छन्। उनले ६७ टेस्ट खेलमा १२ शतक र १८ अर्धशतकसहित ४,३०१ रन बनाएका छन्। सन् २०१३ मा वेस्ट इन्डिजविरुद्धको खेलबाट उनले टेस्ट क्रिकेटमा डेब्यू गरेका थिए।

गत वर्ष उनले अस्ट्रेलियाविरुद्ध आफ्नो अन्तिम टेस्ट खेलेका थिए। रोहितको कप्तानीमा भारतले अघिल्लो संस्करणको विश्व टेस्ट च्याम्पियनशिपको फाइनल खेलेको थियो। तर, टोली अस्ट्रेलियासँग २०९ रनले पराजित हुँदा उपाधि जित्न असफल भएको थियो।

यसैगरी, विश्व टेस्ट च्याम्पियनशिपको पहिलो संस्करणमा पनि भारत फाइनलमा पुगेको थियो। रोहितले उक्त प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका थिए, तर भारत न्युजिल्यान्डसँग ८ विकेटले पराजित भएको थियो।

महाशिवरात्रिमा बागेश्वर धाममा ३०० कन्याको सामूहिक विवाह सम्पन्न: १६८० छोरीका ‘धर्मपिता’ बने धीरेन्द्र शास्त्री

छतरपुर (मध्य प्रदेश) – महाशिवरात्रिको पावन अवसरमा भारतको मध्य प्रदेशस्थित

महाशिवरात्रिमा बागेश्वर धाममा ३०० कन्याको सामूहिक विवाह सम्पन्न: १६८० छोरीका ‘धर्मपिता’ बने धीरेन्द्र शास्त्री

छतरपुर (मध्य प्रदेश) – महाशिवरात्रिको पावन अवसरमा भारतको मध्य प्रदेशस्थित

पोडकास्ट सुन्नुहोस