२०८२ फाल्गुन ४ गते, सोमबार १०:१३

बीरगंजमा गर्मीका कारण बिहान ६ बजेदेखि कक्षा सञ्चालन गर्न महानगरको निर्देशन

वीरगन्ज –
वीरगन्ज महानगरपालिकाले बढ्दो गर्मीलाई मध्यनजर गर्दै महानगरभित्रका सबै सामुदायिक र संस्थागत विद्यालयहरूलाई जेठ १ गतेदेखि बिहान ६ बजेदेखि कक्षा सञ्चालन गर्न निर्देशन जारी गरेको छ।

महानगरले बुधवार एक सूचना जारी गर्दै गर्मीको समयमा दिउँसोको पढाइले विद्यार्थीको स्वास्थ्यमा असर पर्न सक्ने भन्दै बिहान ६ बजेदेखि कक्षा सञ्चालन गर्न र दिउँसोको समयमा पठनपाठन नगर्न निर्देशन दिएको हो। यो निर्णयले विद्यार्थीको स्वास्थ्य र शिक्षण सिकाइमा सहजता ल्याउने अपेक्षा गरिएको छ।

सूचनामा भनिएको छ, “विद्यालय सञ्चालन गर्ने समयमा गर्मीको असरलाई ध्यानमा राखी यो निर्देशन जारी गरिएको हो। सबै सम्बन्धित पक्षलाई यो नियमको पालना गर्न अनुरोध छ।” निर्देशनको पालना भए/नभएको अनुगमन गरिने महानगरले जनाएको छ।

महाशिवरात्रिमा बागेश्वर धाममा ३०० कन्याको सामूहिक विवाह सम्पन्न: १६८० छोरीका ‘धर्मपिता’ बने धीरेन्द्र शास्त्री

छतरपुर (मध्य प्रदेश) – महाशिवरात्रिको पावन अवसरमा भारतको मध्य प्रदेशस्थित

महाशिवरात्रिमा बागेश्वर धाममा ३०० कन्याको सामूहिक विवाह सम्पन्न: १६८० छोरीका ‘धर्मपिता’ बने धीरेन्द्र शास्त्री

छतरपुर (मध्य प्रदेश) – महाशिवरात्रिको पावन अवसरमा भारतको मध्य प्रदेशस्थित

पोडकास्ट सुन्नुहोस