काठमाडौं-
राष्ट्रपति रामचन्द्र पौडेलले चिकित्सकहरु विदेशिने क्रम बढ्नु चिन्ताको विषय भएको बताउनुभएको छ ।
मंगलवार काठमाडौंमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको २३ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपालमै स्तरिय स्वास्थ्य सेवा तथा उपचार हुन थालेको छ भन्ने आफैँले अनुभव गरेको बताउनु भयो । स्वास्थ्य सेवामा सुधार हुँदा हुँदै पनि सम्पूर्ण जनशक्तिले पर्याप्त अवसर नपाएको भन्ने गुनासो आइरहेको बतानु भयो ।

त्यसको परिणाम चिकित्सकहरु विदेशिने क्रम बढ्नु चिन्ताको विषय भएको जिकिर गर्नुभयो । यसलाई रोक्न संवद्ध पक्षले उपयुक्त कदम चाल्नुपर्ने उहाँको सुझाव छ । संविधानले नेपाली नागरिकलाई स्वास्थ्य, शिक्षा जस्ता आधारभुत आवश्यकताको प्रत्याभुतिको व्यवस्था सुनिश्चित गरेको र संविधानको भावनाअनुसार आम नागरिकको स्वास्थ्यमा समान पहुँच पु¥याउन र स्वास्थ्य सेवाको गुणस्तरमा वृद्धि गर्न ध्यान केन्द्रित हुनुपर्ने बताउनु भयो ।
राष्ट्रपति पौडेलले हाल देशको स्वास्थ्य र शिक्षामा गुणात्मक सुधार भएको बताउनु भयो । साथै दक्ष र विज्ञ चिकित्सकहरु नेपालमै उत्पादन हुनु खुशीको विषय भएको बताउनु भयो ।