२०८२ असार १७ गते, मंगलवार १७:११

काठमाडौं-

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको कारण राष्ट्र बैंकको गभर्नर नियुक्तिमा समस्या नभएको स्पष्ट पार्नुभएको छ ।

मंगलवार पार्टी केन्द्रिय कार्यालय सानेपामा आयोजित ‘विद्यमान आर्थिक परिवेशमा बजेटले समेट्नुपर्ने नीति’ विषयक संवाद कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले यस्तो बताउनुभएको हो । राष्ट्र बैंकभित्रकै समस्याको कारण गभर्नर नियुक्तिमा ढिलाई भएको उहाँको भनाइ छ । उहाँले प्रधानमन्त्री ओली गभर्नर काँग्रेसलाई दिने पक्षमा रहेको समेत बताउनु भयो । उहाँले सत्ता गठबन्धमा समेत कुनै समस्या नभएको दाबी गर्नुभएको छ ।

उहाँले प्रधानमन्त्री ओली गठबन्धनभित्र कुनै समस्या सिर्जना नगरेको कारण गठबन्धमा समस्या नरेहको बताउनु भयो । उहाँले वर्तमान निर्वाचन प्रणालीमा कुनैपनि पार्टीको एकल बहुमत आउन गाह्रो रहेको समेत बताउनु भयो । वर्तमान सरकारले विकास निर्माणका क्षेत्रमा निजी क्षेत्रलाई समेत सँगै लैजाने नीतिअनुरुप अध्यादेशमार्फत ऐन निर्माण गरेको सभापति देउवाको दाबी छ ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस