२०८३ बैशाख २ गते, बुधबार ०८:०८

समाजवादउन्मुख अर्थतन्त्रले अलमलमा पारेको छः वरिष्ठ उपाध्यक्ष श्रेष्ठ

काठमाडौं-

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले समाजवादउन्मुख अर्थतन्त्रले अलमलमा पारेको बताउनुभएको छ ।

नेपाली काँग्रेसको आर्थिक नीति तथा योजना विभाग मंगलवार ललितपुरको सानेपास्थित पार्टी मुख्यालयमा आयोजना गरेको ‘विद्यमान आर्थिक परिवेशमा बजेटले समेट्नुपर्ने नीति’ विषयक संवाद गोष्ठीमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले संविधानमा समाजवादउन्मुख अर्थतन्त्र भनिए पनि त्यसको गन्तव्य नै स्पष्ट नभएको हो कि जस्तो आफूहरूलाई लागेको बताउनु भयो । श्रेष्ठले सरकारले संविधान संशोधन गर्ने मुख्य एजेन्डा बोकेर अगाडी बढेको बताउँदै समाजवाद उन्मुख अर्थतन्त्रले कहाँनिर पुग्ने हो भन्नेमा अलमलमा पारेको विचार व्यक्त गर्नुभयो ।

उहाँले १२ वर्षभन्दा बढी समयदेखि भारतबाट नेपालमा प्राइभेट सेक्टरको लगानी नआएको उहाँले स्मरण गराउनु भयो । उहाँले भारतबाट सरकारी क्षेत्रबाट लगानी आएपनि त्यो हाइड्रोपावरमा मात्रै भएको बताउँदै अब सोच्ने समय आएको जिकिर गर्नुभयो ।

उहाँले संविधान संशोधनको समयमा सरकारले निजी क्षेत्रलाई हेर्न, बुझ्ने र सोच्ने दृष्टिकोणमा परिवर्तन गर्नुपर्ने धारणा राख्नुभयो ।

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

सम्बन्धित खबर

पोडकास्ट सुन्नुहोस