२०८२ असार १७ गते, मंगलवार १७:०३

काठमाडौं –

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले मंगलवार ह्वाइट हाउसमा भेट गर्नुभएको छ । ओभल अफिसमा मिडियासँग कुरा गर्दै ट्रम्पले क्यानडाप्रति विलयको चेतावनी दिनुभयो । राष्ट्रपतिले धेरै फाइदा कर कटौती र स्वतन्त्र सेना भएको संयुक्त राज्य अमेरिकाको ५१ औं राज्यको रूपमा क्यानडाको लागि यो उत्तम हुने बताउनु भयो ।

जवाफमा कार्नीले क्यानडा कहिल्यै विक्रीको लागि नभएको स्पष्ट पार्नुभयो ।

व्यापार मुद्दाहरूमा ट्रम्पले शुल्क हटाउनेबारे केही भन्न नसक्ने बताउनु भयो । ट्रम्पले अमेरिका–मेक्सिको–क्यानडा सम्झौता एक संक्रमणकालीन कदम भएको बताउनु भयो । संयुक्त राज्य अमेरिकाले सबै सामानहरूमा २५ प्रतिशत कर लगाएको छ । ऊर्जा र पोटासमा १० प्रतिशत छ ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस