२०८२ असार १७ गते, मंगलवार १०:४५

वीरगन्ज –
पर्साको ठाकुरराम बहुमुखी क्याम्पसमा २०८१ चैत ५ गते भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा धाँधली, फर्जी नामांकन र फर्जी मतदान भएको आरोप लगाउँदै संयुक्त विद्यार्थी संगठनले पर्साका प्रमुख जिल्ला अधिकारी (सिडिओ) गणेश अर्याललाई ज्ञापनपत्र बुझाएको छ।

विद्यार्थी संगठनहरूले निर्वाचनमा गम्भीर अनियमितता भएको दाबी गर्दै निष्पक्ष छानबिनको माग गरेका छन्। ज्ञापनपत्रमा जिल्ला प्रशासन कार्यालयले गठन गरेको छानबिन समितिको प्रगति विवरण र प्रतिवेदन तत्काल सार्वजनिक गर्नुपर्ने माग गरिएको छ। संगठनहरूले छानबिन प्रक्रिया पारदर्शी नभएको भन्दै चिन्ता व्यक्त गरेका छन्।

कार्यक्रममा विद्यार्थी नेताहरूले निष्पक्ष र विश्वसनीय निर्वाचन प्रणालीका लागि अनियमिततामाथि कडा छानबिन आवश्यक रहेको बताए। उनीहरूले प्रशासनले तत्काल कदम नचाले आन्दोलन गर्ने चेतावनी दिएका छन्।

सिडिओ अर्यालले ज्ञापनपत्र बुझ्दै छानबिन प्रक्रिया अगाडि बढिरहेको र समितिको प्रतिवेदनपछि आवश्यक कदम चालिने प्रतिबद्धता जनाए। विद्यार्थी संगठनहरूले प्रशासनको जवाफदेहिता र पारदर्शितालाई नजिकबाट नियाल्ने बताएका छन्।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस