२०८२ असार १७ गते, मंगलवार १०:५३

काठमाडौं –

बुधबार बिहान पाकिस्तानमा भएको भारतीय हवाई आक्रमणमा ३१ जनाको मृत्यु भएको छ, जसमा एक ७ वर्षीय बालक पनि छन्। आक्रमणले पाकिस्तानमा शोक र आक्रोश फैलिएको छ।

पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफले साँझ देशवासीलाई सम्बोधन गर्दै भारतले ‘गम्भीर गल्ती’ गरेको र यसको परिणाम भोग्नुपर्ने चेतावनी दिए। उनले सीमामा लडाइँका लागि पाकिस्तान तयार रहेको बताउँदै नागरिकलाई एकताबद्ध हुन आग्रह गरे। शरिफले भारतीय लडाकु विमान खसालेको दाबीलाई भारतले अस्वीकार गरे पनि पाकिस्तानी सेनाले पुष्टि गरेको बताए।

युद्धको सम्भावना बढ्दै गएपछि पाकिस्तानको स्वास्थ्य मन्त्रालयले चिकित्सक र नर्ससहित सबै स्वास्थ्यकर्मीलाई बिदा रद्द गरी तयारी अवस्थामा रहन निर्देशन दिएको छ।

यो तनाव दशकौंपछिको सबैभन्दा ठूलो सैन्य मुठभेड मानिएको छ। केही हप्ताअघि कश्मीरमा भएको आतङ्कवादी आक्रमणमा २६ पर्यटकको मृत्यु भएपछि भारतले जवाफी कारबाही स्वरूप यो आक्रमण गरेको हो।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस