२०८३ बैशाख २ गते, बुधबार ०१:५७

आगामी आर्थिक वर्षको बजेट यथार्थपरक हुन्छः मन्त्री भण्डारी

काठमाडौं-

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले आगामी आर्थिक वर्षको बजेट यथार्थपरक हुने दाबी गर्नुभएको छ ।

बिहीवार काठमाडौंमा १० औं नेपाल इन्टरनेशनल ट्रेड फेयरको उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सरकार बजेटको सम्मुखमा रहेको बताउँदै लगानीको क्षेत्रलाई प्राथमिकीकरण गरेर लगानी गर्ने किसिमको बजेट आउने दाबी गर्नुभयो । उहाँले विगतका कमी कमजोरी सुधार गरेर आर्थिक अनुशासन कायम गरी ठोस बजेट ल्याउने बताउनु भयो ।

नेपालको उद्योग व्यापार बिस्तारको लागि औद्योगिक पूर्वाधार, विशेष आर्थिक क्षेत्र प्राधिकरणसहित लगायतका क्षेत्रलाई अब नयाँ मोडालिटीका साथमा हामी अघि बढ्न खोजिरहेको बतउनु भयो ।

मन्त्री भण्डारीले उच्चस्तरीय आर्थिक सुझाव सुधार आयोगले दिएका सुझावलाई ध्यानमा राखेर रुग्ण उद्योगहरुको डिडिए पूरा गर्ने बताउनु भयो । उहाँले रुग्ण उद्योगहरुको डिडिए साउन १५ भित्र पूरा गरेर नयाँ मोडालिटीका साथ अघि बढ्ने बताउनु भयो ।

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

सम्बन्धित खबर

पोडकास्ट सुन्नुहोस