२०८३ बैशाख १ गते, मंगलवार १९:१५

नीति तथा कार्यक्रममा सामाजिक रुपान्तरण, उत्पादन वृद्धि र रोजगारी प्राथमिकतामाः सचेतक बराल

काठमाडौं-

नेकपा एमालेकी सचेतक सुनिता बरालले नीति तथा कार्यक्रमले सामाजिक रुपान्तरण, उत्पादन वृद्धि र रोजगारी सिर्जनालाई महत्व दिएको बताउनुभएको छ ।

बिहीवार प्रतिनिधि सभा बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उहाँले कार्यक्रमले सुशासन सहितको संघीयताको सुदृढीकरणमात्र नभई संविधान कार्यान्वयनमा देखिएका केही कानून निर्माणको विषयलाई नाम नै किटान गरेर यसै अधिवेशनबाट विधेयकहरु पास गर्ने उल्लेख गरेको बताउनु भयो ।

उहाँले नीति तथा कार्यक्रमहरु आफैंमा सुन्दर बनेर आएपनि कार्यक्रमिक योजना र बजेटसम्म पुग्दा समस्या देखिने र अलमलमा पर्ने परिस्थिति भने रही नै रहने स्पष्ट पार्नुभयो । सरकारद्वारा प्रश्तुत नीति तथा कार्यक्रम सन्तुलित, आत्मनिर्भर र स्वाभिमानयुक्त नीति अवलम्वन गर्नेगरी आएको र परराष्ट्रदेखि स्वदेशका विविध विषयका आयामलाई सन्तुलित ढंगबाट उठान गरिएको दाबी गर्नुभयो । उहाँले कतिपय श्रम सम्झौता पुनर्विचार गर्नुपर्ने अवस्थामा पुगिसकेको र कतिपय देशहरुमा न्युनतम ज्याला र सुरक्षा वीमा अभावका कारण नेपालीहरुको ज्यान नै जोखिममा परेको स्थितिबारे सरकारको ध्यानाकर्षण गराउनु भयो ।

उहाँले वैदेशिक सम्बन्धमा थप मेहनत गर्नुपर्ने बताउँदै आर्थिक र कुटनीतिक विषयलाई विशिष्टीकृत गरेर कार्यक्रम बनाइनुपर्नेमा जोड दिनुभयो ।

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

सम्बन्धित खबर

पोडकास्ट सुन्नुहोस