काठमाडौं-
स्वतन्त्र उत्पादक संस्था नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीले विद्युत नियमन आयोग उर्जाको क्षेत्रमा नियमन गर्नकै लागि जन्मेको संस्था भएकाले यसले अझ प्रभावकारी हिसावले काम गर्नुपर्ने बताउनुभएको छ ।
बिहीवार राजधानीमा आयोजित विद्युत नियमन आयोगको छैठौं वार्षिक उत्सबको अवसरमा बोल्दै उहाँले नेपालका निजी र निजी क्षेत्रलाई मात्रै नभएर सरोकारवालाहरुलाई पनि सम्बन्धित विषयवस्तुमा सँगसँगै अघि बढाउन आयोगले प्रयास गरेको बताउनुभएको हो । उहाँले अहिलेको सरकार आएपछि केही महत्वपूर्ण काम भएको बताउँदै सरकारको प्रशंसा समेत गर्नुभयो ।

उर्जामन्त्रीको नेतृत्वले २०३५ सम्म २८ हजार ५ सय मेगावाट विद्युत उत्पादन गर्ने मार्गचित्र बनाएको बताउनु भयो । बंगलादेशका लागि विद्युत उत्पादन गरेर विक्री गर्नसक्नु ठूलो उपलब्धिी भएको कार्कीको भनाइ छ । २८ हजार ५ सय विद्युत उत्पादन गर्नका लागि नियमन आयोगको महत्वपूर्ण भुमिका हुने बताउनु भयो । उर्जा मन्त्रालय शक्तिशाली मन्त्रालय बनाउनुपर्ने बताउँदै उहाँले एकद्वार नीतिहरु आउनेपर्ने समेत बताउनु भयो । सबै कुराहरु उर्जा मन्त्रालयमार्फत बजेटमा आउनुपर्ने उहाँको भनाई छ ।
नेपालका थ्रुपै जनतालाई सहभागी गराउन ५ लाखसम्म नेपाली जनतालाई बिना धितो लगानी गर्ने वातावरण बनाए अर्थ हुने बताउनु भयो । अहिले ५ सय भन्दा बढि कम्पनीहरु रहेको र त्यसैको हाराहारीमा जलविद्युत कम्पनीहरु आउन लागेको बताउँदै उहाँले प्रत्येक पटक एक जना शेयरधनी परिवर्तन हुँदा विभिन्न ठाउँमा स्वीकृति लिनुपर्ने बाध्यता रहेको बताउनु भयो । त्यस्तो काम गरेर आयोग बस्न नहुने कार्कीले बताउनु भयो । उहाँकाअनुसार त्यो हेर्ने सम्बन्धित निकाय छ ।
उहाँकाअनुसार विद्युत नियमन आयोगले २८ हजार ५ सय बिजुली कसरी नियमनसँगै खपत गर्ने, कसरी विद्युतलाई व्यापार गर्ने त्यतातर्फ सोच्न जरुरी रहेको बताउनु भयो । विद्युत प्राधिकरणले पिपए गर्दा विभिन्न डकुमेन्ट हेर्ने गरेको बताउँदै कार्कीले त्यही प्रक्रिया विद्युत निमयन आयोगले गर्दा दोहोरो पर्ने बताउनु भयो । एकै ठाउँमा त्यस्ता कामहरु गर्न जरुरी रहेको उहाँको भनाई छ ।