२०८३ बैशाख १ गते, मंगलवार २३:१५

धनुषामा अनलाइन ठगी गर्ने सात जना पक्राउ, २ करोड ६३ लाख ठगी गरेको प्रहरीको दाबी

धनुषा-

धनुषा प्रहरीले सामाजिक सञ्जालमार्फत फेक एकाउन्ट बनाएर अनलाइन ठगी गरेको आरोपमा सात जनालाई पक्राउ गरेको छ। पक्राउ परेकाहरूलाई बिहीबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको हो।

धनुषाका प्रहरी उपरीक्षक नरहरि रेग्मीका अनुसार, पक्राउ परेका व्यक्तिहरूले अनलाइनको दुरुपयोग गरी २ करोड ६३ लाख ९ हजार ३१२ रुपैयाँ ठगी गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ। पक्राउ पर्नेमा धनुषाधाम नगरपालिका-१ का २३ वर्षीय सुरज साह, सर्लाही बरहथवा-७ का २२ वर्षीय नितेशकुमार साह, गौशाला नगरपालिका-१ का २२ वर्षीय रोशन साह, सोही ठाउँका २१ वर्षीय सुधीर कुमार महतो, १९ वर्षीय अमित साह, क्षीरेश्वरनाथ नगरपालिका-२ का २२ वर्षीय श्यामसुन्दर महरा र सोही ठाउँका २० वर्षीय रामकुमार महरा रहेका छन्।

प्रहरीले उनीहरूको साथबाट १० वटा मोबाइल फोन बरामद गरेको छ। ती मोबाइलबाट विभिन्न बैंक, वित्तीय संस्था र वालेट आइडीसहित १८७ वटा खाता खोलिएको अनुसन्धानमा देखिएको छ। पक्राउ परेकाहरूले सस्तो दरमा सामान उपलब्ध गराउने प्रलोभन देखाएर अग्रिम भुक्तानी लिई सम्पर्कविहीन हुने गरेको प्रहरीले जनाएको छ।

हालसम्म उनीहरूले सञ्चालन गरेका २१ वटा फेक एकाउन्ट र पेज फेला परेको प्रहरी उपरीक्षक रेग्मीले बताए। पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको र अन्य संलग्न व्यक्तिहरूको खोजी जारी रहेको प्रहरीले जनाएको छ।

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

सम्बन्धित खबर

पोडकास्ट सुन्नुहोस