२०८२ असार १७ गते, मंगलवार ०४:५१

जुन १३ मा सत्तारुढ मंगोलियाली पिपुल्स पार्टी (एमपीपी) को प्रश्तावमा गोम्बोजाभ जण्डनशतरलाई मंगोलियाको प्रधानमन्त्री नियुक्त गरिएको थियो ।

♠  समाचार सारांश ♠ एआईबाट जेनरेटेड
  • प्रधानमन्त्री नियुक्ति: गोम्बोजाभ जण्डनशतरलाई जुन १३ मा मंगोलियाको नयाँ प्रधानमन्त्री नियुक्त गरिएको हो।
  • संयुक्त सरकार गठन: एमपीपी, हुन पार्टी र सिभिल विल–ग्रिन पार्टीको सहमतिमा १९ मन्त्रीसहित संयुक्त सरकार गठन भएको छ।
  • शपथ ग्रहण: नयाँ सरकारले बुधवार उलान बाटोरस्थित राज्य दरबारमा औपचारिक रूपमा शपथ लिएको छ।

काठमाडौँ-

नवनियुक्त प्रधानमन्त्री गोम्बोजाभ जण्डनशतरले गठन गरेको मंगोलियाको नयाँ सरकारले बुधवार उलान बाटोरमा राज्य दरबारमा शपथ लिएको छ । जुन १३ मा सत्तारुढ मंगोलियाली पिपुल्स पार्टी (एमपीपी) को प्रश्तावमा गोम्बोजाभ जण्डनशतरलाई मंगोलियाको प्रधानमन्त्री नियुक्त गरिएको थियो ।

मंगलवार सत्तारुढ एमपीपी, हुन पार्टी र सिभिल विल–ग्रिन पार्टीले प्रधानमन्त्री, १९ मन्त्री र १६ मन्त्रीहरू मिलेर संयुक्त सरकार गठन गर्न सहमति जनाए । तीमध्ये १६ मन्त्रीहरू एमपीपीका छन् । दुई मन्त्रीहरू हुन पार्टीका छन् र बाँकी एक सिभिल विल–ग्रिन पार्टीका छन् । जाण्डनशतरले अघिल्लो सरकारका केही मन्त्रीहरूलाई कायम राखेका छन् ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस