२०८३ श्रावण १९ गते, मंगलवार १२:४५

सर्लाहीमा प्रहरीको सनसनीपूर्ण कारबाही: १५ लाखको सुन-चाँदीसहित भारतीय स्कर्पियो जब्त

सर्लाही –

सर्लाही प्रहरीले लालबन्दी नगरपालिकामा गरेको गस्ती चेकजाँचका क्रममा १५ लाख मूल्य बराबरको सुन-चाँदीका गरगहना र नगदसहित भारतीय नम्बर प्लेटको स्कर्पियो गाडी बरामद गरेको छ। बिहान साढे ९ बजे पूर्व-पश्चिम लोकमार्गमा ट्राफिक प्रहरीले बीआर ३० एके ७२२० नम्बरको स्कर्पियो गाडीलाई नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार, चेकजाँचका क्रममा गाडीका चालकले मदिरा सेवन गरेको र भन्सार कागजात नभएको फेला परेपछि शङ्का लागेर खानतलासी गरिएको थियो। चालकलाई अर्को चालक र कागजात ल्याउन भनिएकोमा चार जना पुरुष गाडी छाडेर फरार भए। लामो समयसम्म नफर्किएपछि प्रहरीले जनप्रतिनिधिको रोहवरमा खानतलासी गर्दा गाडीको इन्जिन भागमा लुकाइएको जेब्रा झोलाभित्र गम्छाले बेरेर राखिएको सुन-चाँदीका गरगहना र गाडीभित्रबाट नगद बरामद भएको छ।

बरामद सामान र गाडीलाई आवश्यक कारबाहीका लागि मलङ्गवा भन्सार कार्यालयमा पठाइएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी सरोज राईले जानकारी दिए। यो घटनाले सीमावर्ती क्षेत्रमा तस्करीको गम्भीर समस्यालाई उजागर गरेको छ।

प्रतिक्रिया

मधेश प्रदेशभर ग्यासको हाहाकार: उपभोक्ता र साना व्यवसायी सास्ती भोग्न बाध्य, आपूर्ति प्रभावित भएको व्यवसायीको दाबी

वरिगन्ज- मधेश प्रदेशका अधिकांश जिल्लामा खाना पकाउने एलपीजी ग्यासको आपूर्ति

मधेश प्रदेशभर ग्यासको हाहाकार: उपभोक्ता र साना व्यवसायी सास्ती भोग्न बाध्य, आपूर्ति प्रभावित भएको व्यवसायीको दाबी

वरिगन्ज- मधेश प्रदेशका अधिकांश जिल्लामा खाना पकाउने एलपीजी ग्यासको आपूर्ति

पोडकास्ट सुन्नुहोस