२०८३ श्रावण १९ गते, मंगलवार १२:४५

सेयर धितो कर्जाको जोखिम भार शतप्रतिशतमा

काठमाडौँ-

नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले मौद्रिक नीतिको समीक्षा गर्नुभएको छ । उहाँले  नवनियुक्त गभर्नर पौडेलले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गर्दै जोखिम भार १२५ प्रतिशतबाट १०० प्रतिशतमा घटाउने निर्णय गर्नुभएको छ ।

पौडेल नेतृत्वको केन्द्रीय बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गर्दै सेयर धितो कर्जाको जोखिम भार शतप्रतिशतमा झारेको हो ।
केन्द्रीय बैंकले सेयर बजार तथा घरजग्गाको लगानी अनुत्पादक हुने भएकाले जोखिम उच्च हुने भन्दै जोखिम भार बढाएको थियो ।

मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै राष्ट्र बैंकले मौद्रिक नीतिको कार्यदिशालाई सजगतापूर्ण लचिलोलाई सजगतापूर्ण सन्तुलित हुने उल्लेख गरेको छ । मौद्रिक नीतिको कार्यदिशा परिवर्तन गरेको केन्द्रीय बैंकले न्यून ब्याजदरका कारण कर्जा प्रवाहमा सुधार हुँदै जाँदा आर्थिक गतिविधिमा सुधार आई बैंक तथा वित्तीय संस्थाको निष्क्रिय कर्जा व्यवस्थापन सहज हुँदै जाने अनुमान रहेको जनाएको छ ।

समग्र मागमा सुधार आएको केन्द्रीय बैंकको विश्लेषण छ । जसले अर्थतन्त्रको क्षमता उपयोगमा सुधार आउन थालेको उल्लेख गरेको छ । ‘मुद्रास्फीति लक्षित सीमाभन्दा कम रहेको छ । तसर्थ, आर्थिक गतिविधिमा आएको सुधारलाई दिगो बनाउन सहयोग पुग्ने गरी आन्तरिक मागको व्यवस्थापन हुन सकेमा मात्र आर्थिक तथा वित्तीय सन्तुलन कायम राख्न र ब्याजदरमा आउने अस्वाभाविक उतारचढाव नियन्त्रण गर्न सम्भव हुन्छ,’ मौद्रिक नीति समीक्षामा भनिएको छ ।

प्रतिक्रिया

मधेश प्रदेशभर ग्यासको हाहाकार: उपभोक्ता र साना व्यवसायी सास्ती भोग्न बाध्य, आपूर्ति प्रभावित भएको व्यवसायीको दाबी

वरिगन्ज- मधेश प्रदेशका अधिकांश जिल्लामा खाना पकाउने एलपीजी ग्यासको आपूर्ति

मधेश प्रदेशभर ग्यासको हाहाकार: उपभोक्ता र साना व्यवसायी सास्ती भोग्न बाध्य, आपूर्ति प्रभावित भएको व्यवसायीको दाबी

वरिगन्ज- मधेश प्रदेशका अधिकांश जिल्लामा खाना पकाउने एलपीजी ग्यासको आपूर्ति

पोडकास्ट सुन्नुहोस