२०८३ बैशाख २ गते, बुधबार ०२:०८

वीरगन्जमा रक्तदान कार्यक्रम सम्पन्न, ६१ जनाले गरे रक्तदान

वीरगन्ज , –

वीरगन्जस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्गतको ठाकुर राम बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको आयोजनामा एकदिने रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।

सोमबार क्याम्पस परिसरमै आयोजित कार्यक्रममा १ महिला सहित ६० जना पुरुषले रक्तदान गरेका छन्। कार्यक्रममा विद्यार्थी, शिक्षक, कर्मचारी तथा आम नागरिकहरूको उत्साहजनक सहभागिता रहेको थियो।

कार्यक्रमको उद्देश्य हाल वीरगन्ज ब्लड बैंकमा देखिएको रगत अभावलाई केही हदसम्म सम्बोधन गर्नु रहेको आयोजकले बताएका छन्। स्वतन्त्र विद्यार्थी युनियनका सभापति राजकुमार यादवका अनुसार आपतकालीन अवस्थामा रगतको अभावका कारण बिरामीहरू समस्यामा पर्न थालेपछि यस्तो कार्यक्रम आयोजना गरिएको हो।

उनले भविष्यमा पनि यस्ता सामाजिक सेवामूलक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन्।

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

सम्बन्धित खबर

पोडकास्ट सुन्नुहोस