२०८३ बैशाख २ गते, बुधबार ०२:०८

आर्थिक गतिविधि बढाउन नसके आर्थिक मन्दी शुरु हुन्छः अध्यक्ष ढकाल

काठमाडौँ-

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आर्थिक गतिविधि बढाउने काम नगर्ने र भएकोलाई पनि खुम्च्याउँदै गए आर्थिक मन्दी हुने बताउनुभएको छ ।

सोमवार प्रतिनिधि सभाअन्तर्गतको अर्थ समितिको बैंक तथा वित्तिय संस्था सम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयक सम्बन्धमा सरोकारवालासँगको छलफलका क्रममा अध्यक्ष ढकालले सो कुरा बताउनुभएको हो । उहाँले उद्योग व्यवसायका लागि ऋण लिँदा एक प्रतिशत भन्दा बढी शेयर भएको व्यक्ति वा उद्योग व्यवसायका लागि ऋण लिन नपाउने व्यवस्था राख्दा अधिकांश उद्योग व्यवसाय बन्द हुने अवस्था सिर्जना हुने बताउनु भयो ।

आगामी दिनमा रोजगारी सिर्जना गर्ने, रेभिन्यु बढाउने र व्यावसायिक क्रियाकलाप बढाउने कुरा गरिरहँदा यसमा निषेध गरे भने रिजल्ट कस्तो आउँछ भनेर विचार गर्नुपर्ने अध्यक्ष ढकालको भनाई थियो । उहाँले मस्यौदामा लेखिएको विषयमा जाने हो भने अर्थतन्त्रमा ठूलो संकट आउने स्पष्ट पार्नुभयो ।

उहाँले कुनैपनि कानून बनाउँदा र कानून आइसकेपछि त्यसबाट पार्ने प्रभावलाई कानून आउनुअघि नै अध्ययन गर्नुपर्नेमा जोड दिनुभयो ।

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

सम्बन्धित खबर

पोडकास्ट सुन्नुहोस