२०८३ श्रावण १९ गते, मंगलवार ११:२६

पर्सामा एमाले पर्सा महानगर कमिटीको नेतृत्वमा गणतन्त्र दिवस भव्य रूपमा मनाइयो

पर्सा –

नेपाल कम्युनिष्ट पार्टी (एमाले) पर्सा  वीरगन्ज महानगर कमिटीले गणतन्त्र दिवसलाई भव्य रूपमा मनाएको छ। सात दशक लामो बलिदानपूर्ण सङ्घर्षबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको दिनको स्मरणमा एमालेले विभिन्न कार्यक्रम आयोजना गरेको हो।

पर्सा वीरगन्ज महानगर कमिटीका अध्यक्ष नवराज शर्माको नेतृत्वमा बिहीबार पिपराबाट मोटरसाइकल र्‍याली निकालिएको थियो। र्‍यालीले गणतन्त्रको समर्थनमा विभिन्न नारा लगाउँदै नगर परिक्रमा गरेको छ। र्‍यालीपछि वीरगन्जको नारायणी अस्पतालमा रहेका बिरामी तथा कुरुवाहरूलाई फलफूल र खाद्य सामग्री वितरण गरिएको थियो।

यस कार्यक्रमले गणतन्त्रको महत्व र एमालेको सामाजिक योगदानलाई उजागर गरेको महानगर कमिटीले जनाएको छ। साथै, काठमाडौंको भृकुटीमण्डपमा पनि एमालेले बिहान ११:०० बजेदेखि दिउँसो २:०० बजेसम्म विशेष उत्सव कार्यक्रम आयोजना गरेको छ, जहाँ कार्यकर्ताहरू मौलिक वेशभूषामा सांस्कृतिक झाँकीसहित सहभागी भएका छन्।

प्रतिक्रिया

‘उद्योगीलाई अपराधीजस्तो व्यवहार’- विराटनगर घटनापछि निजी क्षेत्र आक्रोशित, लगानीको वातावरण बिग्रँदै गएको चेतावनी

विराटनगर- राज्यका निकायले उद्योगी–व्यवसायीलाई सधैं शंकाको दृष्टिले हेर्ने र अनुसन्धानका

‘उद्योगीलाई अपराधीजस्तो व्यवहार’- विराटनगर घटनापछि निजी क्षेत्र आक्रोशित, लगानीको वातावरण बिग्रँदै गएको चेतावनी

विराटनगर- राज्यका निकायले उद्योगी–व्यवसायीलाई सधैं शंकाको दृष्टिले हेर्ने र अनुसन्धानका

पोडकास्ट सुन्नुहोस