२०८३ बैशाख २ गते, बुधबार ०१:४६

आर्थिक वर्ष २०८२/८३ को बजेट आज सार्वजनिक हुँदै, तीन करोडमुनिका आयोजना सङ्घीय बजेटमा नराखिने

काठमाडौं –

सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट आज दिउँसो ३ बजे सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गर्दैछ। उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालको संविधानको धारा ११९ बमोजिम बजेट पेस गर्नेछन्। यसअघि, गत वैशाख १९ गते राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रम र बजेटका सिद्धान्त र प्राथमिकता दुवै सदनबाट पारित भएका छन्।

सङ्घीय संसदका महासचिव पद्म प्रसाद पाण्डेयका अनुसार अर्थमन्त्री पौडेलले आज दिउँसो १:३० बजे आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षण र १:४५ बजे आर्थिक वर्ष २०८१/८२ को आर्थिक सर्वेक्षण प्रस्तुत गर्नेछन्। त्यसपछि, दिउँसो ३ बजे बजेट प्रस्तुत हुनेछ।

राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्षको बजेट सिलिङ १९ खर्ब ६५ करोड तोकेको छ, जुन चालु आर्थिक वर्ष २०८१/८२ को बजेट १८ खर्ब ६० अर्ब ३० करोडभन्दा २.१७ प्रतिशतले बढी हो। गत वर्ष तत्कालीन अर्थमन्त्री वर्षमान पुनले ल्याएको बजेटलाई अर्थमन्त्री पौडेलले मध्यावधि समीक्षामार्फत ९.०१ प्रतिशत (करिब २ खर्ब) घटाएर १६ खर्ब ९२ अर्ब ७३ करोड ३५ लाखमा संशोधन गरेका थिए।

आगामी बजेटमा चालुतर्फ १० खर्ब २९ अर्ब २० करोड, पुँजीगततर्फ २ खर्ब ९९ अर्ब ५० करोड र वित्तीय व्यवस्थापनतर्फ ३ खर्ब ६३ अर्ब ९३ करोड खर्च हुने अनुमान गरिएको छ। कर्मचारीहरूको तलब १० प्रतिशतले वृद्धि हुने र महँगी भत्तालाई निरन्तरता दिइने भएको छ, जसले करिब ४० अर्ब रुपैयाँ दायित्व थपिनेछ। हाल कर्मचारीहरूले मासिक २ हजार रुपैयाँ महँगी भत्ता पाउँदै आएका छन्।

बजेटमा तीन करोड रुपैयाँमुनिका आयोजनाहरूलाई सङ्घीय सरकार मातहत नराख्ने नीति लिइएको छ। अर्थमन्त्री पौडेलले बारम्बार तीन करोडमुनिका आयोजना प्रदेश सरकार मातहत रहने र सङ्घीय बजेटमा ठूला आयोजनाहरू मात्र समावेश हुने बताउँदै आएका छन्। यो नीति राष्ट्रिय योजना आयोगको सुझावअनुसार लागू गरिएको हो।

यसैबीच, गणतन्त्र दिवसको अवसरमा भृकुटीमण्डपमा नेकपा (एमाले)ले बिहान ११ बजे भव्य कार्यक्रम आयोजना गर्दैछ भने रत्नपार्क क्षेत्रमा राप्रपासहित राजावादीहरूले दिउँसो २ बजेपछि राजतन्त्र पुनर्स्थापना, सङ्घीयता खारेजी र हिन्दू राज्य पुनर्स्थापनाको मागसहित प्रदर्शन गर्दैछन्। यी दुवै कार्यक्रमलाई लक्षित गरी भृकुटीमण्डप र रत्नपार्क क्षेत्रमा बिहानैदेखि बाक्लो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ र ड्रोनमार्फत निगरानी गरिने भएको छ।

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

सम्बन्धित खबर

पोडकास्ट सुन्नुहोस