२०८३ आश्विन २७ गते, मंगलवार १९:११

परवानीपुर गाउँपालिकाद्वारा गणतन्त्र दिवसमा रक्तदान कार्यक्रम सम्पन्न

बारा-

गणतन्त्र दिवसको अवसरमा परवानीपुर गाउँपालिकाले आज आकस्मिक रक्तदान कार्यक्रम आयोजना गरेको छ। कार्यक्रमको उद्घाटन गाउँपालिका अध्यक्ष रामक्षत्री प्रसाद कुर्मी, उपाध्यक्ष सुगान्धी देवी र प्रमुख प्रशासकीय अधिकृत मुन्ना साह रौनियारले रगतको पोका दिएर गरेका थिए।

उक्त रक्तदान कार्यक्रममा उपाध्यक्ष सुगान्धी देवी, प्रमुख प्रशासकीय अधिकृत मुन्ना साह रौनियारसहित ३० जनाले रक्तदान गरेका छन्। गाउँपालिकाले आयोजना गरेको यो सामाजिक कार्यले गणतन्त्र दिवसलाई सामुदायिक एकता र मानवीय सेवाको सन्देशसहित मनाएको छ। कार्यक्रममा सहभागी सबैलाई गाउँपालिकाले धन्यवाद व्यक्त गरेको छ।

प्रतिक्रिया

अश्लील र धम्कीपूर्ण अडियो प्रकरण: रास्वपा सांसद खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु, कार्यक्रमहरूमा जान रोक

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना प्रतिनिधिसभा सदस्य

अश्लील र धम्कीपूर्ण अडियो प्रकरण: रास्वपा सांसद खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु, कार्यक्रमहरूमा जान रोक

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना प्रतिनिधिसभा सदस्य

पोडकास्ट सुन्नुहोस