२०८३ श्रावण १९ गते, मंगलवार ११:२५

परवानीपुर गाउँपालिकाद्वारा गणतन्त्र दिवसमा रक्तदान कार्यक्रम सम्पन्न

बारा-

गणतन्त्र दिवसको अवसरमा परवानीपुर गाउँपालिकाले आज आकस्मिक रक्तदान कार्यक्रम आयोजना गरेको छ। कार्यक्रमको उद्घाटन गाउँपालिका अध्यक्ष रामक्षत्री प्रसाद कुर्मी, उपाध्यक्ष सुगान्धी देवी र प्रमुख प्रशासकीय अधिकृत मुन्ना साह रौनियारले रगतको पोका दिएर गरेका थिए।

उक्त रक्तदान कार्यक्रममा उपाध्यक्ष सुगान्धी देवी, प्रमुख प्रशासकीय अधिकृत मुन्ना साह रौनियारसहित ३० जनाले रक्तदान गरेका छन्। गाउँपालिकाले आयोजना गरेको यो सामाजिक कार्यले गणतन्त्र दिवसलाई सामुदायिक एकता र मानवीय सेवाको सन्देशसहित मनाएको छ। कार्यक्रममा सहभागी सबैलाई गाउँपालिकाले धन्यवाद व्यक्त गरेको छ।

प्रतिक्रिया

‘उद्योगीलाई अपराधीजस्तो व्यवहार’- विराटनगर घटनापछि निजी क्षेत्र आक्रोशित, लगानीको वातावरण बिग्रँदै गएको चेतावनी

विराटनगर- राज्यका निकायले उद्योगी–व्यवसायीलाई सधैं शंकाको दृष्टिले हेर्ने र अनुसन्धानका

‘उद्योगीलाई अपराधीजस्तो व्यवहार’- विराटनगर घटनापछि निजी क्षेत्र आक्रोशित, लगानीको वातावरण बिग्रँदै गएको चेतावनी

विराटनगर- राज्यका निकायले उद्योगी–व्यवसायीलाई सधैं शंकाको दृष्टिले हेर्ने र अनुसन्धानका

पोडकास्ट सुन्नुहोस