२०८३ बैशाख २ गते, बुधबार ०५:३०

परवानीपुरमा ट्राफिक जनचेतना कार्यक्रम सम्पन्न: सडक सुरक्षा र नियम पालनामा जोड

बारा –

पर्साको परवानीपुरमा ट्राफिक नियम सम्बन्धी जनचेतनामूलक कार्यक्रम आज वीरगञ्ज महानगरपालिका वडा नं. २१ स्थित ज्ञान सागर एकेडेमीमा सम्पन्न भएको छ।

कार्यक्रममा सवारी दुर्घटना न्यूनीकरण, सडक सुरक्षाका उपाय, ट्राफिक संकेत, दुर्घटनाबाट बच्न अपनाउनुपर्ने सावधानी, र ट्राफिक नियम उल्लङ्घन गर्दा हुने कानुनी कारबाहीबारे प्राविधिक जानकारी प्रदान गरिएको थियो।

कार्यक्रममा ज्ञान सागर एकेडेमीका अध्यक्ष आर्यन साहले यस्ता जनचेतनामूलक कार्यक्रमलाई आगामी दिनमा पनि प्राथमिकता दिइने बताए। उनले समाज सुधारका लागि अन्य सामाजिक कार्यहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा एकेडेमीका प्रधानाध्यापक आकाश देव, संस्थाका सदस्यहरू हेमन्त साह, चन्दन शर्मा, कृष्णा शर्मा, ट्राफिक प्रहरी नायब निरीक्षक मिन बहादुर साउद, सहायक प्रहरी निरीक्षक इन्द्र बहादुर मगर, प्रहरी जवान जन बहादुर दानी, एकेडेमीका शिक्षक–शिक्षिका, विद्यार्थीहरू र स्थानीय बुद्धिजीवीहरूको सहभागिता रहेको थियो।

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

सम्बन्धित खबर

पोडकास्ट सुन्नुहोस