२०८३ बैशाख २ गते, बुधबार १२:१८

दरबारमार्गमा निषेधाज्ञा: जेठ १७ देखि असार २४ सम्म सभा-प्रदर्शनमा रोक

काठमाडौं –

काठमाडौं जिल्ला प्रशासन कार्यालयले दरबारमार्ग क्षेत्रमा जेठ १७ देखि असार २४ गतेसम्म निषेधित क्षेत्र घोषणा गरेको छ। प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले जारी गरेको सूचनाअनुसार, केशरमहल चोकदेखि नारायणहिटी दरबार संग्रहालयको दक्षिण गेट हुँदै जयनेपाल मोडसम्मको क्षेत्रलाई निषेधित क्षेत्र तोकिएको छ।

साथै, महेन्द्र शालिकदेखि नारायणहिटी दरबार संग्रहालयको दक्षिण गेटसम्मको क्षेत्रमा पनि निषेधाज्ञा लागू गरिएको छ। यो अवधिमा उक्त क्षेत्रमा कुनै पनि प्रकारका प्रदर्शन, सभा, जुलुस वा जमघट गर्न पूर्णरूपमा रोक लगाइएको छ। प्रशासनले शान्ति-सुरक्षा कायम राख्न र सार्वजनिक व्यवस्थामा अवरोध नहोस् भन्ने उद्देश्यले यो निर्णय गरेको जनाएको छ।

निषेधाज्ञा उल्लंघन गरेमा कानुनी कारबाही हुने प्रमुख जिल्ला अधिकारी तिवारीले चेतावनी दिएका छन्। स्थानीय प्रशासनले सर्वसाधारणलाई यो अवधिमा तोकिएको क्षेत्रमा कुनै पनि गतिविधि नगर्न र वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ।

 

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

सम्बन्धित खबर

पोडकास्ट सुन्नुहोस