२०८३ बैशाख २ गते, बुधबार ०१:५९

 माधवकुमार नेपालविरुद्ध भ्रष्टाचार मुद्दा, सांसद पद निलम्बन

काठमाडौँ-

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसहित ९३ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

पतञ्जली योगपीठलाई हदबन्दी छुटमा ३५३ रोपनी जग्गा खरिद गर्न दिएको र सो जग्गा काष्ठमण्डप बिजनेश होम्सलाई अनियमित रूपमा बिक्री गरेको आरोपमा नेपालविरुद्ध १८ करोड ५८ लाख ५० हजार रुपैयाँ विगो मागिएको छ।

२०६६ मा नेपालको नेतृत्वको मन्त्रिपरिषद्को निर्णयबाट यो स्वीकृति भएको थियो। अख्तियारले बयान लिएर अनुसन्धान टुंग्याएको हो। भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार नेपालको सांसद पद स्वतः निलम्बन भएको छ।

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

सम्बन्धित खबर

पोडकास्ट सुन्नुहोस