२०८३ बैशाख १ गते, मंगलवार २३:३४

मधेस प्रदेश सरकारले शुक्रबार प्रस्तुत गर्ने नीति तथा कार्यक्रम: कृषि, शिक्षा र रोजगारीमा विशेष जोड

जनकपुर–

मधेस प्रदेश सरकारले शुक्रबार प्रदेश सभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछ। प्रदेश प्रमुख सुमित्रा भण्डारीले मधेस प्रदेश सभामा यो कार्यक्रम प्रस्तुत गर्ने कार्यतालिका रहेको छ।

मधेस नीति आयोगका उपाध्यक्ष डा. सोहन साहका अनुसार यो नीति तथा कार्यक्रममा कृषिलाई प्राथमिकतामा राखिएको छ। उनले विगतका कार्यक्रमभन्दा फरक र ‘इन्टर कनेक्टेड वे’मा आधारित नीति ल्याउन लागिएको बताए।

डा. साहले विशेषगरी शिक्षा, स्वास्थ्य, कृषि र रोजगारीमा व्यवसायीकरणलाई प्राथमिकता दिइएको उल्लेख गरे। आन्तरिक उत्पादन वृद्धि गर्दै युवाहरूको रोजगारीलाई केन्द्रमा राखेर योजनाहरू तयार गरिएको उनको भनाइ छ।

यो नीति तथा कार्यक्रमले मधेस प्रदेशको समग्र विकासमा नयाँ दिशा प्रदान गर्ने अपेक्षा गरिएको छ।

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

सम्बन्धित खबर

पोडकास्ट सुन्नुहोस