२०८३ बैशाख ४ गते, शुक्रबार ०९:४०

माधव नेपालको दाबी: ‘मैले एक रुपैयाँ पनि भ्रष्टाचार गरेको छैन’

काठमाडौं –

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफूले कुनै पनि भ्रष्टाचार नगरेको दाबी गरेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतंजलि योगपीठको जग्गा खरिद–बिक्री प्रकरणमा मुद्दा दायर गरेपछि रौतहटमा पत्रकारहरूसँग कुरा गर्दै उनले कसैबाट अनुचित लाभ नलिएको स्पष्ट पारे।

“म राष्ट्रलाई नोक्सान हुने कुनै कामको विरुद्धमा छु। मैले कुनै अनुचित काम गर्न मन्त्रीलाई कुनै निर्देशन दिएको छैन। त्यसको प्रमाण पेश गरियोस्,” नेपालले भने। उनले पतंजलि योगपीठजस्तो संस्था, जहाँ स्वामी रामदेव र आचार्य बालकृष्ण जस्ता व्यक्तिहरू छन्, त्यहाँ अनुचित कार्यको कल्पना पनि गर्न नसकिने बताए। “मैले अनुचित उद्देश्यका साथ केही गरेको छैन,” उनले थपे।

अख्तियारले पतंजलि योगपीठ तथा आयुर्वेद विद्यालयको नाममा दिइएको जग्गा अनियमितता प्रकरणमा पूर्वप्रधानमन्त्री नेपालविरुद्ध १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो मागदाबीसहित विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। यससँगै उनको सांसद पद स्वतः निलम्बन भएको छ।

नेपालले यो मुद्दालाई पूर्वाग्रहपूर्ण भन्दै आफ्नो निर्दोषिता प्रमाणित गर्ने दृढता व्यक्त गरेका छन्।

सीमाशुल्क विवाददेखि मल अभावसम्मः प्रधानमन्त्री-मुख्यमन्त्री छलफलमा उठे जनताका जल्दाबल्दा मुद्दा

काठमाडौँ – सिंहदरबारमा बिहीबार बसेको प्रधानमन्त्री र सातै प्रदेशका मुख्यमन्त्रीबीचको

सीमाशुल्क विवाददेखि मल अभावसम्मः प्रधानमन्त्री-मुख्यमन्त्री छलफलमा उठे जनताका जल्दाबल्दा मुद्दा

काठमाडौँ – सिंहदरबारमा बिहीबार बसेको प्रधानमन्त्री र सातै प्रदेशका मुख्यमन्त्रीबीचको

पोडकास्ट सुन्नुहोस