२०८३ आश्विन ५ गते, सोमबार ०९:५६

प्रकाशित समाचार हटाउनु नपर्ने आदेश

काठमाडौं-

जिल्ला अदालत काठमाडौंले सञ्चारमाध्यममा प्रकाशित समाचार हटाउने भनी यसअघि जारी भएको आदेश खारेज गरेको छ ।

न्यायाधीश श्यामविहारी मौर्यको इजलासले दुई दिनको सुनुवाइपछि यो फैसला गरेको हो।

यो फैसलासँगै नेपालखबर र बिजमान्डुले धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठका विषयमा प्रकाशित समाचार सामग्रीहरू हटाउनु नपर्ने भएको छ।

न्यायाधीश मौर्यको इजलासले धितोपत्र बोर्डका अध्यक्ष श्रेष्ठले पेश गरेको निषेधाज्ञाको निवेदन खारेज गरेसँगै अर्का न्यायाधीश पिताम्बर शर्माको इजलासले जारी गरेको समाचार हटाउने आदेश पनि स्वतः खारेज भएको हाे ।

श्रेष्ठका तर्फबाट अल्पकालीन अन्तरिम आदेशलाई नै निरन्तरता दिन माग गरिएको थियो भने संचारमाध्यमका तर्फबाट सार्वजनिक पद धारण गरेको व्यक्तिमा प्रश्न उठ्नु स्वाभाविक भएको बताउँदै निवेदन नै खारेजीको माग गरिएको थियो ।

प्रतिक्रिया

अर्थमन्त्री डा.वाग्लेको दिल्ली भ्रमण : नेपालले विस्तृत प्रस्ताव राखेपछि मात्रै सहयोग घोषणा गर्ने भारतीय संकेत 

काठमाडौं – भोटेकोशी बाढीपछि पुनर्निर्माणका लागि भारतसँग सहयोग खोज्न थालेको

अर्थमन्त्री डा.वाग्लेको दिल्ली भ्रमण : नेपालले विस्तृत प्रस्ताव राखेपछि मात्रै सहयोग घोषणा गर्ने भारतीय संकेत 

काठमाडौं – भोटेकोशी बाढीपछि पुनर्निर्माणका लागि भारतसँग सहयोग खोज्न थालेको

पोडकास्ट सुन्नुहोस