२०८३ बैशाख २ गते, बुधबार ०२:०६

१४ वर्षीया बालिकामाथि सामूहिक बलात्कारको आरोपमा चार युवा पक्राउ

उदयपुर –

कटारी नगरपालिकामा १४ वर्षीया बालिकामाथि सामूहिक बलात्कारको आरोपमा चार युवा पक्राउ परेका छन्। शुक्रबार राति भएको यो जघन्य घटना आइतबार मात्र सार्वजनिक भएको हो। पक्राउ पर्नेमा कटारी-४, गवुवाका २५ वर्षीय होटल सञ्चालक राजकुमार तामाङ (सुजन), २० वर्षीय पुजन श्रेष्ठ, २० वर्षीय नवीन श्रेष्ठ र २० वर्षीय जीवन तामाङ छन्।

इलाका प्रहरी कार्यालय कटारीले उजुरीका आधारमा विभिन्न ठाउँबाट उनीहरूलाई नियन्त्रणमा लिएको छ। आइतबारै जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ। पीडित बालिका बजारमा मजदुरी गर्थिन् र उनलाई उद्धार गरी कटारीको ‘सेफ हाउस’मा राखिएको छ। उनको स्वास्थ्य अवस्था खतरामुक्त रहेको प्रहरीले बताएको छ।

कटारी-४ का वडाध्यक्ष भूपेश तामाङले घटनाबारे जानकारी प्राप्त भएको तर पूर्ण विवरण बुझ्न बाँकी रहेको बताए। जिल्ला प्रहरी कार्यालयका निमित्त सूचना अधिकारी इन्स्पेक्टर सुमन बानियाँले घटनाको पुष्टि गर्दै चाँडै प्रेस नोट जारी गरिने जानकारी दिए।

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

सम्बन्धित खबर

पोडकास्ट सुन्नुहोस