२०८३ बैशाख १ गते, मंगलवार २१:३३

एसईई २०८२ को रजिस्ट्रेसन म्याद जेठ ३० सम्म थप: विद्यार्थी र अभिभावकलाई राहत

काठमाडौँ, जेठ –

माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा सहभागी हुन चाहने विद्यार्थीका लागि रजिस्ट्रेसन फाराम भर्ने म्याद पुनः थप गरिएको छ। परीक्षा नियन्त्रण कार्यालय, कक्षा १०, सानोठिमी, भक्तपुरले विद्यालय, विद्यार्थी र अभिभावकको मागलाई सम्बोधन गर्दै जेठ ११ गते तोकिएको म्यादलाई जेठ ३० गतेसम्म विस्तार गरेको हो।

नयाँ कार्यतालिका अनुसार, विद्यालयहरूले विद्यार्थीको रजिस्ट्रेसन फाराम संकलन गरी तोकिएको शुल्क बुझाएर प्राप्त भौचरसहित असार ८ गते आइतबारसम्म सम्बन्धित शिक्षा विकास तथा समन्वय एकाइमा पेश गर्नुपर्नेछ। यद्यपि, रजिस्ट्रेसन फारामसम्बन्धी अन्य कार्यतालिका भने यसअघिको सूचनाअनुसार यथावत् रहने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ।

यो निर्णयले समय अभावका कारण फाराम भर्न नसकेका विद्यार्थी र अभिभावकलाई ठूलो राहत पुग्ने अपेक्षा गरिएको छ।

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

सम्बन्धित खबर

पोडकास्ट सुन्नुहोस