२०८२ असार १७ गते, मंगलवार २०:१८

काठमाडौं –

नेपाली काँग्रेसले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक संलग्न नभएको दाबी गरेको छ । आज बिहान बसेको पदाधिकारी बैठकमा मन्त्री लेखक अनियमिततामा संलग्न नभएको निष्कर्ष निकालेको हो ।

बूढानीलकण्ठमा बसेको पदाधिकारी बैठकपछि प्रवक्ता डा‍. प्रकाशशरण महतले गृहमन्त्री लेखक दोषी देखिनै कुनै आधार नभएको बताएको हो ।

‘जहाँसम्म गृहमन्त्री जीको कुरा छ, उहाँ संलग्न हुनुहुन्न भन्ने कुरामा हामी विश्वस्त छौँ । जो संलग्न छन् तिनलाई कारबाही हुनुपर्छ ।’ महतले भने,

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस