२०८३ बैशाख १ गते, मंगलवार २३:३२

राप्रपा नेपालको निर्णायक बैठक: जेठ १५ को आन्दोलनका लागि रणनीति तय

काठमाडौँ–

राप्रपा नेपालले जेठ १३ गते काठमाडौँमा केन्द्रीय समितिको विस्तारित बैठक बोलाएको छ। पार्टी अध्यक्ष कमल थापाले आह्वान गरेको यो बैठकमा आगामी आन्दोलनको रणनीति र कार्ययोजनामा केन्द्रित छलफल हुने महामन्त्री राजाराम बर्तौलाले बताए।

बैठकमा केन्द्रीय सदस्यहरूका साथै देशभरका जिल्ला अध्यक्षहरूको सहभागिता रहनेछ। महामन्त्री बर्तौलाका अनुसार, बैठकको सुरुवातमा अध्यक्ष थापाले आन्दोलनसम्बन्धी रणनीति र कार्ययोजनासहितको कार्यपत्र प्रस्तुत गर्नेछन्, जसलाई आधार बनाएर विस्तृत छलफल हुनेछ।

“अधिकांश केन्द्रीय सदस्य र जिल्ला अध्यक्षहरू काठमाडौँ आइपुगिसकेका छन्। बाँकी भोलि बिहानसम्म आइपुग्नुहुनेछ,” बर्तौलाले भने।

यो बैठक अन्य समयका केन्द्रीय समितिका बैठकभन्दा फरक हुने राप्रपा नेपालले जनाएको छ। सचिवालय, संगठन वा आर्थिक प्रतिवेदन पेश नहुने र केवल जेठ १५ गतेको आन्दोलनलाई व्यवस्थित, प्रभावकारी र शान्तिपूर्ण बनाउने विषयमा मात्र छलफल हुने बताइएको छ। अध्यक्ष थापाले बैठकमा आन्दोलनलाई सफल बनाउन निर्देशनात्मक सम्बोधन गर्ने कार्यक्रम छ।

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

सम्बन्धित खबर

पोडकास्ट सुन्नुहोस