२०८३ बैशाख १ गते, मंगलवार २२:४६

नेपाललाई शिक्षाको हब बनाउनुपर्छः सभापति देउवा

काठमाडौँ–

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेपाललाई शिक्षाको हब बनाउनुपर्ने बतानुभएको छ ।

सोमवार काठमाडौंमा पार्टीको शिक्षा विभागले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपालमा राम्रो शिक्षा नभएको भन्दै अभिभावकले विदेश पढ्न आफ्ना सन्तानहरु पठाउने गरेको भन्दै नेपालमै उच्च शिक्षा दिनसक्ने वातावरण बनाउन आग्रह गर्नुभयो ।

उहाँले नेपालमै राम्रो शिक्षा दिनसके विदेशी विद्यार्थी समेत नेपाल पढ्न आउने बताउनु भयो । उहाँले अहिलेको समयमा शिक्षा महत्वपूर्ण रहेको र शिक्षालाई प्राथमिकता दिनुपर्ने बताउनु भयो ।

सभापति देउवाले शिक्षा नेपालको लागि महत्वपूर्ण रहेको बताउनु भयो । नेपालमा विदेशी विद्यार्थी आउने किसिमको आकर्षित वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो ।

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

सम्बन्धित खबर

पोडकास्ट सुन्नुहोस