२०८२ मंसिर २७ गते, शनिबार १०:३१

पर्सामा एमाले पर्सा महानगर कमिटीको नेतृत्वमा गणतन्त्र दिवस भव्य रूपमा मनाइयो

पर्सा –

नेपाल कम्युनिष्ट पार्टी (एमाले) पर्सा  वीरगन्ज महानगर कमिटीले गणतन्त्र दिवसलाई भव्य रूपमा मनाएको छ। सात दशक लामो बलिदानपूर्ण सङ्घर्षबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको दिनको स्मरणमा एमालेले विभिन्न कार्यक्रम आयोजना गरेको हो।

पर्सा वीरगन्ज महानगर कमिटीका अध्यक्ष नवराज शर्माको नेतृत्वमा बिहीबार पिपराबाट मोटरसाइकल र्‍याली निकालिएको थियो। र्‍यालीले गणतन्त्रको समर्थनमा विभिन्न नारा लगाउँदै नगर परिक्रमा गरेको छ। र्‍यालीपछि वीरगन्जको नारायणी अस्पतालमा रहेका बिरामी तथा कुरुवाहरूलाई फलफूल र खाद्य सामग्री वितरण गरिएको थियो।

यस कार्यक्रमले गणतन्त्रको महत्व र एमालेको सामाजिक योगदानलाई उजागर गरेको महानगर कमिटीले जनाएको छ। साथै, काठमाडौंको भृकुटीमण्डपमा पनि एमालेले बिहान ११:०० बजेदेखि दिउँसो २:०० बजेसम्म विशेष उत्सव कार्यक्रम आयोजना गरेको छ, जहाँ कार्यकर्ताहरू मौलिक वेशभूषामा सांस्कृतिक झाँकीसहित सहभागी भएका छन्।

मधेश प्रदेश: मुख्यमन्त्री यादव नेतृत्वमा पहिलो पटक बस्यो सत्ता गठबन्धनको बैठक, मन्त्रालय भागबण्डा र विश्वासको मतबारे आज छलफल हुने

जनकपुरधाम – मधेश प्रदेशमा मुख्यमन्त्री कृष्णप्रसाद यादव नियुक्त भएपछि पहिलो

मधेश प्रदेश: मुख्यमन्त्री यादव नेतृत्वमा पहिलो पटक बस्यो सत्ता गठबन्धनको बैठक, मन्त्रालय भागबण्डा र विश्वासको मतबारे आज छलफल हुने

जनकपुरधाम – मधेश प्रदेशमा मुख्यमन्त्री कृष्णप्रसाद यादव नियुक्त भएपछि पहिलो

पोडकास्ट सुन्नुहोस