२०८२ असार १७ गते, मंगलवार १०:५४

काठमाडौं

आज गणतन्त्र दिवसको अवसरमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले भृकुटीमण्डपमा भव्य कार्यक्रम आयोजना गर्दैछ भने सोही क्षेत्र नजिकै रत्नपार्कमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायत राजावादीहरूले राजतन्त्र पुनर्स्थापना, सङ्घीयता खारेजी, र हिन्दू राज्य पुनर्स्थापनाको माग राख्दै प्रदर्शन गर्ने तयारी गरेका छन्।

जिल्ला प्रशासन कार्यालय काठमाडौँका अनुसार एमालेको कार्यक्रम बिहान ११:०० बजे भृकुटीमण्डपमा सुरु हुनेछ, जसमा कार्यकर्ताहरू मौलिक वेशभूषामा सांस्कृतिक झाँकीसहित सहभागी हुनेछन्। यता, राप्रपा लगायत राजावादीहरूको प्रदर्शन रत्नपार्क क्षेत्रमा दिउँसो २:०० बजेपछि हुने तय भएको छ।

यी दुई फरक कार्यक्रमलाई मध्यनजर गर्दै बिहानैदेखि भृकुटीमण्डप र रत्नपार्क क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ। बाक्लो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ भने ड्रोनमार्फत पनि निगरानी गरिने भएको छ। यी कार्यक्रमहरू शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न गर्न प्रशासनले विशेष ध्यान दिएको छ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस