२०८३ बैशाख २ गते, बुधबार ०१:५०

गणतन्त्र दिवसमा भृकुटीमण्डप क्षेत्रमा एमालेको भव्य कार्यक्रम र राजावादीको प्रदर्शन, सुरक्षा व्यवस्था कडा

काठमाडौं

आज गणतन्त्र दिवसको अवसरमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले भृकुटीमण्डपमा भव्य कार्यक्रम आयोजना गर्दैछ भने सोही क्षेत्र नजिकै रत्नपार्कमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायत राजावादीहरूले राजतन्त्र पुनर्स्थापना, सङ्घीयता खारेजी, र हिन्दू राज्य पुनर्स्थापनाको माग राख्दै प्रदर्शन गर्ने तयारी गरेका छन्।

जिल्ला प्रशासन कार्यालय काठमाडौँका अनुसार एमालेको कार्यक्रम बिहान ११:०० बजे भृकुटीमण्डपमा सुरु हुनेछ, जसमा कार्यकर्ताहरू मौलिक वेशभूषामा सांस्कृतिक झाँकीसहित सहभागी हुनेछन्। यता, राप्रपा लगायत राजावादीहरूको प्रदर्शन रत्नपार्क क्षेत्रमा दिउँसो २:०० बजेपछि हुने तय भएको छ।

यी दुई फरक कार्यक्रमलाई मध्यनजर गर्दै बिहानैदेखि भृकुटीमण्डप र रत्नपार्क क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ। बाक्लो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ भने ड्रोनमार्फत पनि निगरानी गरिने भएको छ। यी कार्यक्रमहरू शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न गर्न प्रशासनले विशेष ध्यान दिएको छ।

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

सम्बन्धित खबर

पोडकास्ट सुन्नुहोस