२०८३ श्रावण १९ गते, मंगलवार ११:२७

नेशनल मेडिकल कलेज र स्वास्थ्य चौकी प्रमुखबीच अन्तरक्रिया कार्यक्रम सम्पन्

वीरगन्ज  —

वीरगन्जस्थित नेशनल मेडिकल कलेजमा वीरगन्ज महानगरपालिकाका ३२ वटा वडाका स्वास्थ्य चौकी प्रमुखहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रमको उद्देश्य नेशनल मेडिकल कलेजले नेपाल सरकारबाट मान्यता प्राप्त विभिन्न स्वास्थ्य सेवाहरू—जस्तै स्वास्थ्य बीमा सेवा, सामाजिक सुरक्षा कोष, विपन्न नागरिक औषधि उपचार, क्षयरोग (टीबी) कार्यक्रम, खोप सेवा, कर्मचारी सञ्चय कोष सेवा—बारे जानकारी दिनु रहेको थियो।

कार्यक्रम नेशनल मेडिकल कलेजका प्रिन्सिपल प्रा. डा. के.एन. सिंहको अध्यक्षतामा सम्पन्न भयो भने प्रमुख अतिथि कलेजका प्रबन्ध निर्देशक शाहनवाज अंसारी थिए। उनले नेपाल सरकारले निःशुल्क उपचारको व्यवस्था गरे तापनि धेरै नागरिकहरूले यसको लाभ लिन नसकेको भन्दै स्वास्थ्य चौकी प्रमुखहरूलाई आफ्ना वडामा यसबारे जनचेतना फैलाउन आग्रह गरे। साथै, आगामी दिनमा मधेश प्रदेशका आठ जिल्लाका स्वास्थ्य चौकीहरूसँग यस्तै अन्तरक्रिया कार्यक्रम गर्ने जानकारी समेत दिए।

कार्यक्रममा कलेजका एकेडेमिक डाइरेक्टर डा. रुबी श्रेष्ठ अस्मिन, एडमिसन तथा मार्केटिङ डाइरेक्टर आबिद हुसैन अन्सारी, हस्पिटल डाइरेक्टर डा. इसरत जहाँ अन्सारी, भाइस प्रिन्सिपल डा. रविशंकर गुप्ता, मेट्रोन विकास गुप्ता लगायतको पनि उपस्थिति रहेको थियो।

प्रतिक्रिया

‘उद्योगीलाई अपराधीजस्तो व्यवहार’- विराटनगर घटनापछि निजी क्षेत्र आक्रोशित, लगानीको वातावरण बिग्रँदै गएको चेतावनी

विराटनगर- राज्यका निकायले उद्योगी–व्यवसायीलाई सधैं शंकाको दृष्टिले हेर्ने र अनुसन्धानका

‘उद्योगीलाई अपराधीजस्तो व्यवहार’- विराटनगर घटनापछि निजी क्षेत्र आक्रोशित, लगानीको वातावरण बिग्रँदै गएको चेतावनी

विराटनगर- राज्यका निकायले उद्योगी–व्यवसायीलाई सधैं शंकाको दृष्टिले हेर्ने र अनुसन्धानका

पोडकास्ट सुन्नुहोस