२०८३ बैशाख २ गते, बुधबार ०१:५९

पप्पु कन्स्ट्रक्सन सञ्चालककी बुहारी श्रुती रौनियार पक्राउ, ठगी आरोपमा पर्सा प्रहरीको अनुसन्धान

काठमाडौं –

पप्पु कन्स्ट्रक्सनका सञ्चालक हरिनारायण रौनियारकी बुहारी श्रुती रौनियारलाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई काठमाडौंबाट नियन्त्रणमा लिएको हो।

श्रुती रौनियारमाथि विश्वासघात र ठगी सम्बन्धी आरोप लागेको छ। पर्सा प्रहरीले उनलाई पक्राउ गर्न पत्राचार गरेपछि उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई नियन्त्रणमा लिएको हो।

उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी रमेश बस्नेतले श्रुती रौनियार पक्राउ परेको पुष्टि गरेका छन्। उनलाई थप अनुसन्धानका लागि पर्सा प्रहरीलाई हस्तान्तरण गरिने जानकारी बस्नेतले दिए।

यो घटनाले पप्पु कन्स्ट्रक्सनसँग जोडिएको विवादलाई फेरि चर्चामा ल्याएको छ। पर्सा प्रहरीले यो प्रकरणमा थप अनुसन्धान गरिरहेको छ।

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

सम्बन्धित खबर

पोडकास्ट सुन्नुहोस