२०८३ बैशाख २ गते, बुधबार ०१:५९

पर्यटक पथ प्रदर्शकहरु नेपालको पर्यटन विकासका स्तम्भ हुन्ः मन्त्री पाण्डे

काठमाडौँ-

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रिप्रसाद पाण्डेले पर्यटक पथ प्रदर्शकहरु नेपालको पर्यटन क्षेत्रको विकासका स्तम्भ भएको बताउनुभएको छ ।

बिहीवार आयोजित नवौं राष्ट्रिय टुरिष्ट गाइड सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले यस्तो बताउनुभएको हो । पर्यटक पथ प्रदर्शकहरुले पर्यटकलाईमात्र नभएर देशकै पर्यटन क्षेत्रको बाटो देखाइरहेको बताउनु भयो । उहाँले देशभक्ति भावना र व्यावसायिकतालाई सुदृढ बनाएर निष्ठाका साथ यो क्षेत्रमा लाग्न आग्रह गर्नुभयो ।

मन्त्री पाण्डेले पर्यटक पथ प्रदर्शकहरुका तत्काल समाधान गर्नुपर्ने समस्या समाधान गर्ने र पछि समाधान गर्नुपर्ने मुद्दाहरु नीति, कानूनबाट समाधान हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले काठमाडौं केन्द्रित पर्यटक पथ प्रदर्शकहरुको सञ्जाल देशव्यापी विस्तारका विषयमा सम्मेलनमा छलफल हुने विश्वास व्यक्त गर्दै आउने समस्या समाधानका लागिसरकार साथमा रहेको बताउनु भयो ।

उहाँले पर्यटक पथ प्रदर्शकहरुले राम्रो बोल्दा दुनियाँले राम्रो भन्ने र एक पटक आएको पर्यटक पटकपटक आउने बताउनु भयो ।

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

सम्बन्धित खबर

पोडकास्ट सुन्नुहोस