२०८३ बैशाख २ गते, बुधबार ०१:५८

माधवकुमार नेपालविरुद्ध भ्रष्टाचार मुद्दा: ओलीको निर्देशनमा पूर्वाग्रहपूर्ण कदम – नेकपा (एकीकृत समाजवादी)

काठमाडौं–

नेकपा (एकीकृत समाजवादी) ले आफ्ना अध्यक्ष माधवकुमार नेपालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको भ्रष्टाचार मुद्दा प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा भएको आरोप लगाएको छ।

पार्टीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालविरुद्ध दायर गरिएको मुद्दा पूर्वाग्रहपूर्ण रहेको दाबी गरे। उनले अख्तियारले यसअघि नै यो विषयमा मुद्दा चलाउन आवश्यक नरहेको बताएको उल्लेख गर्दै अहिले मुद्दा दायर गर्नुपर्ने कुनै आधार नभएको जिकिर गरे।

पाण्डेले यो विषयमा पार्टीको बैठक बसेर थप धारणा सार्वजनिक गरिने जानकारी दिए।

अख्तियारले पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनीले सरकारबाट हदबन्दी छुट पाएको जग्गा अपचलन गरेको अभियोगमा नेपालविरुद्ध १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो जरिवाना र सजाय मागदाबीसहित विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। मुद्दा दायर भएसँगै नेपालको सांसद पद स्वतः निलम्बन भएको छ।

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

सम्बन्धित खबर

पोडकास्ट सुन्नुहोस