२०८२ असार १७ गते, मंगलवार १६:३२

काठमाडौं–

नेकपा (एकीकृत समाजवादी) ले आफ्ना अध्यक्ष माधवकुमार नेपालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको भ्रष्टाचार मुद्दा प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा भएको आरोप लगाएको छ।

पार्टीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालविरुद्ध दायर गरिएको मुद्दा पूर्वाग्रहपूर्ण रहेको दाबी गरे। उनले अख्तियारले यसअघि नै यो विषयमा मुद्दा चलाउन आवश्यक नरहेको बताएको उल्लेख गर्दै अहिले मुद्दा दायर गर्नुपर्ने कुनै आधार नभएको जिकिर गरे।

पाण्डेले यो विषयमा पार्टीको बैठक बसेर थप धारणा सार्वजनिक गरिने जानकारी दिए।

अख्तियारले पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनीले सरकारबाट हदबन्दी छुट पाएको जग्गा अपचलन गरेको अभियोगमा नेपालविरुद्ध १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो जरिवाना र सजाय मागदाबीसहित विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। मुद्दा दायर भएसँगै नेपालको सांसद पद स्वतः निलम्बन भएको छ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस