काठमाडौँ-
प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का सांसद नरबहादुर बिष्टले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने बताउनुभएको छ ।
राष्ट्रिय सभाको बिहीवारको बैठकमा बोल्दै सांसद बिष्टले गृहमन्त्रीको राजीनामाको माग दोहो¥याउनुभएको हो । भिजिट भिसाको आवरणमा मानव तस्करीमा संलग्न नभएको पुष्टि नभएको कारण गृहमन्त्रीमाथि छानबिन हुन आवश्यक रहेको उहाँको भनाइ छ ।

भिजिट भिसा प्रकरणमा देखिएका अनियमितता, भ्रष्टाचार र मानव बेचबिखनबारे छानबिन गर्न संसदीय वा न्यायिक छानबिन समिति गठन गर्नुपर्ने समेत उहाँको माग छ ।