२०८३ बैशाख १ गते, मंगलवार २०:१६

नेप्से परिसूचक तेस्रो दिन पनि ओरालो, कारोबार रकम ७.९७ अर्ब पुग्यो

काठमाडौं–

यस साताको अन्तिम कारोबार दिन बिहीबार पनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक घटेर बन्द भएको छ। लगातार तेस्रो दिन ओरालो लागेको नेप्से ५.९९ अंक घटेर २६४०.९६ विन्दुमा झरेको छ। यद्यपि, कारोबार रकम भने बढेको छ। बुधबार ५.१६ अर्बको शेयर कारोबार भएको बजारमा बिहीबार ७ अर्ब ९७ करोड ८ लाख ८६ हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ।

बिहीबारको बजारमा १५३ कम्पनीको शेयर मूल्यमा गिरावट आएको छ भने ९४ कम्पनीको शेयर मूल्य बढेको छ। एक कम्पनीको शेयर मूल्य स्थिर रहेको छ। १३ उपसमूहमध्ये जलविद्युत उपसमूहको परिसूचक १.१३ प्रतिशतले सबैभन्दा धेरै बढेको छ भने उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक १.०४ प्रतिशतले सबैभन्दा धेरै घटेको छ।

रिभर फल्स पावर, बुटवल पावर कम्पनी र पियोर इनर्जीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यता, ओम मेगाश्री फर्मास्यूटिकल्सको शेयर मूल्य ९.३० प्रतिशतले सबैभन्दा धेरै घटेको छ।

कारोबार रकमका आधारमा राधी विद्युत कम्पनी शीर्ष स्थानमा रह्यो। सो कम्पनीको ९१ करोड २३ लाख ९० हजार रुपैयाँबराबरको शेयर कारोबार भएको छ।

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

सम्बन्धित खबर

पोडकास्ट सुन्नुहोस