२०८३ बैशाख १ गते, मंगलवार २३:३४

सुनका गहनामा लगाएको २ प्रतिशत बिलासिता कर फिर्ता लिन माग

काठमाडौँ-

नेकपा (एकीकृत समाजवादी) का सांसद घनश्याम रिजालले सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत सुनका गहनामा लगाएको २ प्रतिशत बिलासिता कर फिर्ता लिन माग गर्नुभएको छ ।

राष्ट्रिय सभाको बिहीवारको बैठकमा बोल्दै सांसद रिजालले उच्च मूल्य वृद्धि र आर्थिक मन्दीका कारण सुस्ताएको सुन व्यवसाय बिलासिता करका कारण थप संकटमा पर्ने बताउनुभएको हो । उहाँले भारतमा सुन र हिराका गहना नेपालभन्दा ५.७ प्रतिशत सस्ता हुने हुँदा अवैध कारोबार बढ्ने खतरा रहेको समेत बताउनु भयो । गहना उद्योग धरासायी भएको अवस्थामा न्युन आय भएका नेपालीले गहना खरिद गर्न नसक्ने अवस्था सिर्जना सरकारले गर्न नहुने उहाँको भनाइ छ ।

सांसद रिजालले सरकारले सुन व्यवसायीले माग गर्दै आएको व्यापार निर्देशिका तत्काल जारी गर्न र राष्ट्र बैंकको कार्यविधिअनुसार व्यवसायीलाई सानो परिणामको सुन उपलब्ध गराउन समेत सरकारको ध्यानाकर्षण गराउनु भयो ।

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

सम्बन्धित खबर

पोडकास्ट सुन्नुहोस