२०८२ असार १७ गते, मंगलवार १३:३८

विनियोजित विधेयकमाथि सात वटा विषयमा छलफल गर्ने भनेर दलीय आधारमा समय मागेपनि अचानक तीन वटा विषयमा मात्र छलफल गर्ने भनिनु सांसदको कमजोरी नभएको स्पष्ट पार्नुभयो ।

♠  समाचार सारांश ♠ एआईबाट जेनरेटेड
  •  नेतृत्वको निष्क्रियता प्रति आलोचना: सांसद चन्द्र भण्डारीले खुट्टा कमाएर मुलुक बन्न नसक्ने भन्दै वर्तमान नेतृत्वको निष्क्रियता र गम्भीरता अभावप्रति आलोचना गर्नुभयो।
  • बजेटभन्दा आवश्यकता महत्वपूर्ण: शिक्षा, रोजगारी र दलालीका कारण युवाहरू विदेश पलायन भइरहेका बेला बजेट होइन, आवश्यकताको पहिचान र समाधानमा सरकार गम्भीर हुनुपर्नेमा जोड दिनुभयो।
  • संसदीय व्यवस्थामा सुधारको माग: सांसद भण्डारीले ३४ वर्ष बितिसक्दा पनि विधिको शासन र जनहित सुनिश्चित हुन नसकेको भन्दै संसदमा देखिएका असहमति समाधान गर्न सरकारलाई आग्रह गर्नुभयो।

काठमाडौँ-

नेपाली काँग्रेसका सांसद चन्द्र भण्डारीले नेतृत्वमा रहेकाहरुले खुट्टा कमाएमा मुलुक बन्न नसक्ने बताउनुभएको छ ।

बिहीवार प्रतिनिधि सभाको बैठकमा विनियोजन शिर्षकहरुमाथिको छलफलमा भाग लिँदै सांसद भण्डारीले यस्तो बताउनुभएको हो । उहाँले विनियोजित विधेयकमाथि सात वटा विषयमा छलफल गर्ने भनेर दलीय आधारमा समय मागेपनि अचानक तीन वटा विषयमा मात्र छलफल गर्ने भनिनु सांसदको कमजोरी नभएको स्पष्ट पार्नुभयो ।

शिक्षा, रोजगारी र दलालीको चंगुलमा परेर युवाहरु विदेश पलायन भइरहेको अवस्थामा बजेट ल्याउनु आवश्यक नभएको भन्दै बजेट भन्दा पनि आवश्यकतातर्फ गम्भीर बन्नुपर्नेमा उहाँले जोड दिनुभयो । सांसद भण्डारीले विधिको शासन, मुलुकको प्रगति र जनताको हितका लागि संसदीय व्यवस्थामार्फत मुलुकको प्रगति गर्छौं भनेर व्यवस्था ल्याएको पनि ३४ वर्ष बितिसकेको भन्दै संसदमा देखिएका असहमतिको समाधानका निमित्त सरकारलाई आग्रह गर्नुभयो ।

उहाँले मुलुक युवाबिहीन बनिरहेकोतर्फ छलफल गर्नुपर्ने अवस्था भएपनि त्यसतर्फ गम्भीर बन्न नसकेको स्पष्ट पार्नुभयो ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस