२०८३ आश्विन १६ गते, शुक्रबार १६:२१

कैलालीमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

धनगढी –

कैलालीमा बाघको आक्रमणबाट एक पुरुषको मृत्यु भएको छ।

गौरीगंगा नगरपालिका–६, मोयास्थित भैरव महिला सामुदायिक वनमा च्याउ टिप्न गएका स्थानीय कृष्ण चौधरीको बाघको आक्रमणमा परी मृत्यु भएको प्रहरीले जनाएको छ।

गौरीगंगा नगरपालिका–६, चरीडाँडाका करिब ४० वर्षीय चौधरी बिहानै च्याउ टिप्न सामुदायिक वनमा गएका थिए। च्याउ टिप्ने क्रममा उनलाई बाघले आक्रमण गरेको प्रहरीको भनाइ छ।

घटनाबारे जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थल पुगेको थियो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस