२०८३ आश्विन १६ गते, शुक्रबार २३:१०

नेशनल मेडिकल कलेजको फतवा: “आरोप सबै निराधार हुन्!”

फाईल फोटो

वीरगन्ज—

वीरगन्जको भेडियाहीस्थित नेशनल मेडिकल कलेज एण्ड शिक्षण अस्पताल भारतीय चर्चित चलचित्र ‘मुन्ना भाइ एमबीबीएस’ को शैलीमा नक्कली डाक्टर र नक्कली बिरामीको भरमा सञ्चालन भइरहेको प्रतिनिधि सभा सदस्य एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य रहबर अन्सारी गम्भीर खुलासा पछि नेशनल मेडिकल कलेजले त्यसको कडा प्रतिकार गरेको हो।

आरोप लगत्तै नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालले एक विज्ञप्ति जारी गर्दै कलेजले गत करिब २५ वर्षदेखि, सन् २००१ बाट त्रिभुवन विश्वविद्यालयको सम्बन्धमा चिकित्सा शिक्षा तथा स्वास्थ्य सेवा प्रदान गर्दै आएको स्पष्ट पार्दै “यस अवधिमा कलेज चिकित्सा शिक्षा आयोग, त्रिभुवन विश्वविद्यालय, चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम), नेपाल मेडिकल काउन्सिल तथा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलगायत सम्बन्धित निकायहरूको नियमित अनुगमन तथा नियामक प्रक्रियाअन्तर्गत सञ्चालन हुँदै आएको दाबि गरेको छ।”

साथै, सांसद अन्सारीले उठाएका विषयहरूमा हालसम्म कुनै पनि नियामक निकायबाट आधिकारिक त्रुटि फेला नपरेको दाबी गर्दै कलेजले आफू निष्पक्ष र पारदर्शी परीक्षणका लागि सधैँ तयार रहेको जनाएको छ। प्रमाणबिना सार्वजनिक रूपमा यस्ता विषय उचाल्दा विद्यार्थी, चिकित्सक र बिरामीमा अनावश्यक भ्रम सिर्जना हुने अविश्वास हुन सक्ने कलेजले बताएको छ ।

प्रतिनिधि सभा सदस्य रहबर अन्सारीले वीरगन्जस्थित नेशनल मेडिकल कलेज एण्ड शिक्षण अस्पतालप्रति गम्भीर आरोप लगाएका छन्। प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सांसद अन्सारीले उक्त कलेज भारतीय चलचित्र ‘मुन्ना भाइ एमबीबीएस’ को शैलीमा नक्कली डाक्टर र नक्कली बिरामीको भरमा सञ्चालन भइरहेको दाबी गरेका छन्। कलेजको मनोमानीविरुद्ध विगत १० दिनदेखि पोस्ट ग्राजुएट (पीजी) का विद्यार्थीहरू आन्दोलनरत रहेको र प्रशासनले उनीहरूमाथि होस्टेल तथा अस्पताल परिसरमा प्रवेश रोक लगाउनेलगायतका ज्यादती गरिरहेको उनको आरोप छ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस